पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोको कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। बुधबार बिहान सबा चार बजे  इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ।

रातिको वर्षाका कारण पहिरो गएको र अहिले पहिरो हटाउने काम भइइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए।

पहिरो खसिरहेको कारण बाटो सफा गर्न कठिनाई भएको छ। त्यो ठाउँ अत्याधिक पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ। त्यहाँ पहिरो नियन्त्रणको काम भइरहेको छ।  बाटो बन्द भएपछि सवारी साधनहरुलाई दासढुङ्गा र मुग्लिन बजारमा रोकिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.