परीक्षणबिनै कोरोना संक्रमित डिस्चार्ज

परीक्षणबिनै कोरोना संक्रमित डिस्चार्ज

बैतडी : कोरोना परीक्षणबिनै बैतडीका छैटौं संक्रमितलाई डिस्चार्ज गरिएको छ। पाटन नगरपालिका ८ का ३१ वर्षीय युवकलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको हो। ती युवकमा यही जेठ १९ गते संक्रमण पुष्टि भएपछि केन्द्रको आइसोलेसनमा राखिएको थियो। 

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार १४ दिनसम्म आइसोलेसनमा राखेपछि संक्रमितलाई डिस्चार्ज गर्न सकिने भनिएकोले युवकलाई डिस्चार्ज गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। उनले भने ‘युवकमा अहिले कुनै लक्षण देखिएको छैन्। हामीले सात दिन होम आइसोलेसनमा बस्ने गरेर डिस्चार्ज गरेका छौं।’

संक्रमण पुष्टि भएको कम्तिमा १० दिनपछि लगातार २ पटक २४ घण्टामा पिसिआर परीक्षण गर्ने र दुइटै रिपोर्ट नेगेटिभ आए कोरोना निको भएको मानिन्छ। तर ती युवकको यसअघि गरिएको दोस्रो पिसिआर परीक्षणको रिपोट पनि पोजेटिभ नै आएको थियो। गत जेठ ८ गते भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै स्वदेश पुगेका ती युवकलाई ज्वरो आउने, घाँटी दुख्ने लक्षण देखिएका कारण जेठ ९ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो।

पाटनका ती युवकसँगै बैतडीका कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ। गत जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवक जेठ २१ गते जितेपछि डिस्चार्ज भएका थिए। यस्तै जेठ १० गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका - २ का २० र २२ वर्षीय पुरुषलाई पनि गत जेठ २३ गते सेती प्रादेशिक अस्पतालले परीक्षण बिनै डिस्चार्ज गरेको थियो। बैतडीमा संक्रमितको संख्या २७ रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.