मालपोत घुसको अड्डा : डिल्लीबजार मालपोतका प्रमुखलाई विभागीय कारवाही

मालपोत घुसको अड्डा : डिल्लीबजार मालपोतका प्रमुखलाई विभागीय कारवाही

काठमाडौं :  मातहतका कर्मचारी साढे आठ लाख घुससहित पक्राउ परेपछि  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमु्खलाई विभागीय कारवाही गरिएको छ। 

डिल्लीबजारका प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद अधिकारीलाई  भूमि व्यवस्था तथा अभिलेख विभागमा तानिएको छ। उनलाई बुधबारबाट विभागमा हाजिर गराइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका स्रोतले जनाएको छ। 

मातहतका कर्मचारी घुस सहित पक्राउ परेपछि कार्यालय प्रमुख कारवाही पर्ने नगन्य उदाहरण हुन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साढे आठ लाख लिदा लिँदै मंगलबार साँझ ६ कर्मचारीलाई पक्राउ  गरेका थियो। 

जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस लिदै गर्दा मालपोत अधिकृत रघुवंश कंडेल, नायब सुब्बा उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल  प्रक्राउ गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

उनका अनुसार उनीहरुलाई घुस  लिइसकेको अवस्थामा टोखा नगरपालिका–९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट नियन्त्रणमा लिएको हो।   

घुससहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  प्रवक्ता कोइरालाले जानकारी दिए। लकडाउनपछि कार्यालय खोले लगतै डिल्लीबजार मालपोतमा घुस काण्ड भएको छ। 

काठमाडौंमा अत्याधिक  अनियमितता हुने  डिल्लीबजार, कंलकी र चावहित मालपोतलाई ‘चाकडी’को नामले चिनिन्छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.