मर्मत गर्न लाने क्रममा जेनेरेटरमा आगो लागेपछि...

मर्मत गर्न लाने क्रममा जेनेरेटरमा आगो लागेपछि...

बागलुङ : बागलुङबाट मर्मतका लागि काठमाडौं लैजाँदै गरेको जेनेरेटरमा बुधबार साँझ अचानक आगलागी भएको छ। बागलुङको बलेवा पाक्जा खण्डको कर्ण बिल्र्डसले जिम्मा लिएको निर्माणाधिन सडकको प्रयोजनका लागि लगिएको जेनेरेटर बिग्रिएपछि मर्मतका लागि काठमाडौं लैजाने क्रममा बागलुङ पर्वतको सिमाना मालढुंगामा अचानक आगलागी भएको थियो।

ट्रिपरमा माथि राखेर लैजाने क्रममा अचानक आगलागी भएपछि ट्रिपर चालकले हतार हतार पर्वत जिल्लाको सहस्रधारामा पुर्‍याए। त्यसपछि तत्काल दुवै जिल्लाको दमकल बोलाइएको थियो।

बिग्रिएको जेनेरेटर मर्मतका लागि लगिँदै भए पनि बाटोमै एक्कासी आगो लागेपछि दमकलको सहायताले नियन्त्रणमा लिइएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए। समयमै आगलागी भएको थाहा पाएको र दमकल पुगेकाले ठूलो क्षति भने हुन नपाएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.