कोरोना लक्षण नदेखिएपछि संक्रमितलाई गाउँकै आइसोलेसनमा राखियो

कोरोना लक्षण नदेखिएपछि संक्रमितलाई गाउँकै आइसोलेसनमा राखियो

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा भारतबाट आएका १४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कालिकोटमा कोरोना संक्रमितको संस्या ४३ पुगेको छ । सान्नीत्रिवेणी गाउँपालिका १, २ र ३ का भारतबाट फर्किका ९० जनाको कोरोना परीक्षणको रिपोर्टमा १४ जनामा कोरोना पुष्टि भएको हो । 

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार ती नयाँ पुष्टि भएका संक्रमितलाई संकर मावि सेरीज्यूलामै आइसोलेसनको व्यवस्था गरी भर्ना गरिएको छ । 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितको खानपीन व्यवस्थापनका साथै नियमित चेकजाँच र परामर्श दिने गरिएको छ ।  संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सुविधायुक्त आइसोलेसन भएकाले उनीहरुलाई गाउँमै राखिएको सूचना अधिकारी महतले बताए । 

उनले भने, 'संक्रमितहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन् । संक्रमितको स्वास्थ्य अवस्था जटिल भयो भने त्यहाँबाट ल्याएर जिल्लामा उपचार गर्ने, यता पनि नहुने अवस्था आयो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने व्यवस्था गरेका छौँ ।'

तर १४ दिनसम्म गाउँमा आइसोलेसनमा राख्न कुनै लक्षण नदेखिए पुन पीसीआर जाँच गर्दा नेगेटिभ आए उनीहरुलाई त्यतैबाट घर पठाइनेछ ।  उनका अनुसार जिल्लाबाट स्वाब नमूना संकलन गरी पठाएका १ हजार बढी मानिसको रिपोर्ट आउन बाँकी छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूनाको चाँप छ । जिल्लामा हालसम्म ५ हजार ४ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये १४ दिनसम्म क्वारेन्टाइन बसेर आरडिटी र पीसीआर नेगेटिभ आएका ३ हजार ६ सय ७५ मानिस घर पठाइएको छ ।

उनीहरुलाई थप २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । हालसम्म ३ हजार ६ सय ४१ जनाको स्वाब संकलन गरिएको छ । जसमा ४३ जनामा कोरोना पुष्टि भएको छ । पहिलो चरणकामा पुष्टि भएका २९ जनामध्ये २५ जनाले कोरोना जितेर घर पठाइसकिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.