काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौ : काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना  भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।काठमाडौंमा १ महिला र १ पुरुष र ललितपुरमा १ पुरुष र भक्तपुरका १ महिला र २ पुरुषमा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। 

 बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमकाअनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो। नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन्।

बुधबार मात्रै ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार पीसीआर विधिबाट १ लाख ५५ हजार ५१८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ। 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७४६ र आरडीटी विधिबाट ९ हजार ५३२जनाको नमुना परीक्षण गरिएको छ।  यस्तै बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो। नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख १६ हजार२१५ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ६ हजार ६४८ जना रहेका छन्। ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा ५०३ रहेका छन्। यस्तै बिहीबार थप ४ जना रेडजोनमा परेका छन्। 

यस्तै बिहीबार थप १९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट १९ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ११सय ८६ पुगेको छ।डिस्चार्ज हुनेमा १ हजार ७२ पुरुष र ११४ महिला छन्। 

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप दुईजनाको मृत्यु भएको छ।योसहित मृत्यु हुनेको संख्या २२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.