बैतडीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
बैतडी : बैतडीमा शुक्रबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोर्ट पोजिटिभ देखिएकाको पीसीआर रिपोर्ट पनि पोजिटिभ देखिएको उनले बताए । शुक्रबार थपिएका संक्रमितमध्ये पञ्चेश्वरका १४ जना पुरुष र २ महिलासहित १६ जना, दशरथचन्द नगरपालिकाका ९ जना पुरुष र एक महिलासहित १० जना,शिवनाथ गाउँपालिकाका ९ जना पुरुष र २ जना महिलासहित ११ जना, दोगडाकेदार गाउँपालिकाका ९ जना पुरुष र २ जना महिलासहित ११ जना र सिगास गाउँपालिकाका १० जना पुरुष रहेका छन् ।