खादा र मिठाइ दिएर बिदाइ गरेका ७ जनाको कोरोना रिपोर्ट पोजिटिभ

खादा र मिठाइ दिएर बिदाइ गरेका ७ जनाको कोरोना रिपोर्ट पोजिटिभ

परासी : आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ । बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाइ गरेका थिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजिटिभ देखिएपछि उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो । 

आइसोलेनमा बसेका उनीहरुको पुन: स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो । 

शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । 'आइसोलेसनमा बसेकालाई परीक्षण नगरी घर पठाउने आदेश छ । तैपनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौं । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुन: पोजिटिभ देखियो, 'ढकालले भने । 

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एकजनामा पोजिटिभ देखिको छ । क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजिटिभ आएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको थियो । क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्रयाक ट्रेसिङ गरिएको थियो ।

१५ दिनसम्म घर बसेका उनको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । उनीसँग सम्पर्कमा आएका व्यक्तिको पनि कन्ट्रयाक ट्रेसिङ गरिने छ । संक्रमित देखिएकामा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए । 

सरकारको निर्देशनअनुसार संक्रमित देखिएका सबैलाई होम आइसोलेसनमा बस्ने गरी कागज बनाएर घर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले जानकारी दिए । पाल्हीनन्दनमा मात्र संक्रमितको संख्या १२ पुगेको छ । जिल्लाभर ५० जना संक्रमित फेला परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.