बैतडीमा थप ५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ सय २१ पुग्यो

बैतडीमा थप ५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ सय २१ पुग्यो

बैतडी : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा शनिबार गरिएको परीक्षणमा बैतडीका थप ५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै  जिल्लामा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । 

मेलौली नगरपालिकाका १ महिला र ४ पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । संक्रमण पुष्टि भएका १८ वर्षदेखि ५० वर्षसम्मका रहेका छन् । उनीहरु सबै भारतबाट फर्किएका र आरडिटी पोजिटिभ देखिएका नागरिक हुन् । 

संक्रमण पुष्टि भएका पाँचैजना नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा रहेका र उनीहरुलाई छुट्टै आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसअघि शुक्रबार पनि बैतडीमा ६४ जनामा संक्रमण पुष्टि भएको थियो । गत जेठ ९ गते पहिलो संक्रमित देखिएकोमा हालसम्म १ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

योसँगै बैतडीमा ८ ओटा स्थानीय तहमा कोरोना बिरामी फेला परेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.