कारागार सुरक्षामा नेपाली सेना
![कारागार सुरक्षामा नेपाली सेना](https://annapurnapost.prixacdn.net/media/albums/sena-ap_20200620094330_6HDvxbhsdy.jpeg)
परासी : कारागार कार्यालय पश्चिम नवलपरासीको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। सीमा क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र वडा स्तरमा समेत क्वारेन्टाइनको संख्या बढ्दै गएपछि यसअघि नेपाल प्रहरीलाई दिइएको कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो।
खुला सीमाबाट आउने व्यक्तिहरुको निगरानी र वडा स्तरमा रहेका क्वारेन्टाइनको सुरक्षाका लागि नेपाल प्रहरीलाई परिचालन गर्ने गरी जिल्ला सुरक्षा समितिको बैठकले कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको कालीध्वज गण परासीलाई दिइएको गणका प्रमुख सेनानी समिर कुमार गुरुङले जानकारी दिए। प्रशासनीक एंव कैदी बन्दीहरुलाई ल्याउने लैजाने काम बाहेक अन्य सुरक्षाको व्यवस्था गर्ने गरी कारागारमा नेपाली सेना पठाई सकिएको प्रमुख सेनानी गुरुङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)