नदीमा पानीको सतह बढ्दै
कपिलवस्तु : शुक्रबार साँझबाट लगातार परेको अविरल वर्षाका कारण कपिलवस्तुका विभिन्न नदीको बहाव बढेको छ । नदीमा आएको बाढीका कारण जिल्लाको वाणगंगा, गुडरुंङ्ग, सुरही लगायतका नदीहरुको सतह बढेको हो ।
नदीको सतह बढेपछि हुनसक्ने जोखिम न्यूनीकरण र सावधानी अपनाउनका लागि बाढी पूर्वानुमान महाशाखाले पूर्व सचेतसमेत गराएको छ । वाणगंगा नदी आसपासका गाउँमा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लाका १० वटै स्थानीय तह, नेपाल रेडक्रस र सुरक्षाकर्मीलाई बाढीबाट आउन सक्ने जोखिमविरुद्ध सतर्क रहनसमेत निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।