सुरक्षाकर्मी कति सुरक्षित ?

सुरक्षाकर्मी कति सुरक्षित ?

काठमाडौं : बल्खु पुलमा एकान्तकुनाबाट कलंकीतर्फ हुइँकिँदै गरेको मोटरसाइकल सुरक्षाकर्मीले रोके। चालकलाई सोधे, ‘तपार्इं कहाँदेखि आउनुभएको हो ?        आज जोर नम्बर चलाउनुपर्छ भन्ने थाहा छैन ? ’ मोटरसाइकल चालकले जवाफ दिए, ‘पाटन अस्पतालमा बुवाको उपचार गरिरहेको छु। भेटेर आएको। पास पाउनु सजिलो छैन। त्यही भएर बिजोरमै पुगेर आएँ।’

सुरक्षाकर्मीले झन्डै एक दर्जन मोटरसाइकल र तीनवटा कार रोकेर राखेका थिए। उनीहरूले टाढाबाटै सोधपुछ गरिरहेका थिए। पहिलो घेरामा रहेर सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले न पीपीई लगाएका थिए। न मास्क गतिलो थियो। व्यवहारमा भने सुरक्षाकर्मी नरम नै देखिन्थे।

‘के गर्ने कोरोना नलागोस् भनेर कुनै सावधानी अपनाइएको छैन’, एक प्रहरी जवान भन्दै थिए, ‘यो मास्कले कतिन्जेल थेग्ने हो ? थाहा छैन।’

यस्तो दृश्य संघीय राजधानीका मुख्य चोकमा सजिलै देख्न पाइन्छ। सवारी चाप बढ्ने चोकहरू थापाथली, माइतीघर, सिंहदरबार, गौशाला, चाबहिल, बालाजु, कलंकी, कालिमाटी, सातदोबाटो र कोटेश्वरमा सुरक्षाकर्मीको दैनिक दिनचर्या टाढाबाटै सवारी रोक्ने र सामान्य सोधपुछ गरेर नियमानुसार छाडिदिने काम हुन्छ। लकडाउनको सुरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि पछिल्ला दिनमा खासै कडाइ गरेका छैनन्।

राजधानीमा सुरुमा ड्युटीमै खटिएका बेला कालिमाटी प्रहरी वृत्तका दुई जनामा कोरोना संक्रमण देखियो। उनीहरू उपचारपछि निको भएर काममा फर्किएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार ४९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। संक्रमणपछि निको भई ३३ जना काममा फर्किएका छन्।

प्रहरी

संक्रमित ४९

निको भएका ३३

सशस्त्र प्रहरी

संक्रमित ७

निको भएका ५

सशस्त्र प्रहरी बलतर्फ विभिन्न कार्यालयका सात जनामा संक्रमण देखिएकोमा उपचारपछि पाँच जना भने काममा फर्किएका छन्। प्रहरी प्रधान कार्यालयले लकडाउनमा वा संक्रमण नियन्त्रण नभएसम्म अपनाउनुपर्ने सावधानीका सम्बन्धमा केन्द्रीय हेल्थ डेस्क नै खडा गरेर सहज हुन मातहतका निकायलाई निर्देशन जारी गरेको छ। असार २ गते मात्रै मातहतका प्रहरी कार्यालयलाई परिपत्र गर्दै आफू सुरक्षित रहन, शारीरिक तन्दुरुस्त रहन र मानसिक स्वास्थ्य ठीक राख्न अपनाउनुपर्ने विधि र प्रक्रियाबारे अवगत गराएको छ।

मुख्यालयले काममा खटिएका बेला संक्रमण जोखिमलाई ध्यानमा राखेर काम गर्न मातहतलाई सुझाएको छ। उसले संक्रमणको लक्षण र बच्ने उपायबारे पनि सचेत गराएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नीरजबहादुर शाहीले पहिलो घेरामा बसेर काम गर्ने सुरक्षाकर्मी जोखिममा हुनु स्वाभाविक रहेको बताए। ‘अहिले सुरक्षाकर्मीले नै जोखिम न्यूनीकरणमा धेरै काम गरेका छन्। चुनौती धेरै छ’, उनले भने।

उनले आवश्यक सुरक्षात्मक उपाय अपनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिइएको सुनाए। हाल ड्युटीमा खटिएका सुरक्षाकर्मीले लगाएको मास्कबाट संक्रमण फैलिन जोखिमका सम्बन्धमा उनले भने, ‘संक्रमित स्थानमा खटिएकालाई हामीले एन ९५ मास्क र पीपीईसहित खटाएका छौं। अन्य स्थानमा भने विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसारको मास्क र स्यानिटाइटर लगाएर खटाएका छौं।’ उनले आवश्यक अवस्थामा स्वास्थ्य सामग्री वितरण गरिएको दाबी गरे। प्रहरीले कर्मचारीलाई क्वारेन्टाइनमा राख्न आइसोलेसन बेड तयार पारेको छ।

कलंकी खटिएका एक प्रहरी जवानले भने, ‘ड्युटीमा खटिँदा हामीलाई धेरै अप्ठ्यारो छ। शौच गर्नुपर्‍यो भने समस्या छ। सवारी जाँच गर्नै पर्‍यो। संक्रमित भए÷नभएको थाहा हुँदैन। चालकसँग गफ गर्नै पर्‍यो। भगवान् भरोसामा काम गर्नुपरेको छ।’ उनले सुरक्षाकर्मीको पीरमर्का कसले गर्ने भनेर प्रश्न गरे।

सशस्त्र प्रहरीका प्रवक्ता प्रवीनकुमार  श्रेष्ठले सशस्त्र प्रहरी बलमा हालसम्म सात जनामा कोरोना पुष्टि भएको र पाँच जना उपचारपछि काममा फर्किसकेको बताए। ‘जोखिमको समस्या त छँदै छ। हामीले आवश्यक सावधानी अपनाएर काममा खटिन निर्देशन दिएका छौं’, उनले भने। मास्क, स्यानिटाइजर र आवश्यक परेको स्थानमा पीपीई लगाएरै काम गर्न निर्देशन दिइएको उनको भनाइ छ।

.जिल्ला प्रहरी कपिलवस्तु ४, बारा ७, धनकुटा २, बाँके १, धनुषा १०, सप्तरी ३, सिरहा ३, सर्लाही २, रौतहट ४, जुम्ला २, जाजरकोट १, कञ्चनपुर ३, अछाम १, महानगरीय प्रहरी मातहत ५ जना संक्रमित छन्। जिल्ला प्रहरी कपिलवस्तु २, बारा ७, धनकुटा २, बाँके १, धनुषा ९, सप्तरी २, सिरहा ३, सर्लाही १, जुम्ला २, महानगरीय प्रहरी मातहत ४ जना निको भएर काममा फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.