मोरङको सुकुना क्याम्पसमा कुटाकुट, स्ववियु सभापति लिम्बू घाइते

मोरङको सुकुना क्याम्पसमा कुटाकुट, स्ववियु सभापति लिम्बू घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार साँझ दुई पक्षबीच कुटाकुट भएको छ । आपसी विवादमा कुटाकुट हुँदा क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बू घाइते भएका छन् । 

विराटचोकको सुकुना सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएको छ । मध्यम अवस्थाका लिम्बूको टाउकोमा १० टाँका लगाइएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार क्याम्पस परिसरभित्रको मैदानमा विद्यार्थीहरुले क्रिकेटको अभ्यास गरिरहेका बेला दुई पक्षबीच साँझ ६ः४५ बजेतिर विवाद भएको थियो । सुन्दरहरैँचा–१२ घर भएका स्ववियु सभापति लिम्बू र सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष मोरङको बेलबारी नगरपालिका–१० का योगेश दाहाल विवाद मिलाउन भनेर गएका थिए । 

प्रहरीका अनुसार दुवै जनाले सम्झाइबुझाइ गर्दा पनि विवाद नमिलेपछि लिम्बूले क्रिकेटको स्टमले हान्दै क्याम्पस परिसरभित्र रहेका सबैलाई बाहिर निकाल्न थाले । त्यही क्रममा क्रिकेट स्टमले अनेरास्ववियुका अध्यक्ष दाहालको टाउको र खुट्टामा लाग्यो । घटनापछि आक्रोसित भएका दाहालले क्याम्पसको गेट बाहिर निस्कनसाथ लिम्बूलाई चिर्पटले प्रहार गरेको डीएसपी बस्नेतले बताए । 
उनका अनुसार चिर्पट प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको छ । घटनामा प्रयोग गरिएको चिर्पट हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । घटनापछि अनेरास्ववियुका अध्यक्ष दाहाल फरार छन् । 
इलाका प्रहरी कार्यालय विराटचोकका सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्का नेतृत्वको टोलीले दाहालको खोजी गरिरहेको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.