‘कोरोना देवीको आविष्कार भएको छैन ! भ्रमको पछि नलागौं’

‘कोरोना देवीको आविष्कार भएको छैन ! भ्रमको पछि नलागौं’

काठमाडौं :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूजाआजा गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नहुने भन्ने भ्रममा नपर्न अनुरोध गरेको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आयतबार विशेष अनुरोध गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भ्रमका पछाडि नलाग्न आग्रह गरेका हुन्। 

उनले पछिल्ला दिनमा विभिन्न ठाउँमा महिलाले कोरोनादेवी र कोरोना मैयाको पूजा गरेको  थाहा भएको भन्दै पूजा गरेर कोरोना नलाग्ने भ्रममा नपर्न आग्रह गरेका हुन्। 

गौतमले कोरोना फैलनुअघि कोरोना देवीको नाम नसुनिएको र अहिले नयाँ देवीको आविष्कार नभएको भन्दै त्यस्तो कुराको पछाडि नलाग्न अनुरोध गरेका हुन्। उनले पूजाका नाममा भेला हुँदा अझ कोरोना संक्रमण बढ्ने भएकाले सचेत हुनसमेत आग्रह गरेका छन् । 

‘कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा विभिन्न स्थानमा केही महिलाले कोरोनादेवी, कोरोना मैयाको पूजाआजा गरेका छन्’, प्रवक्ता गौतमले भने, ‘यो महामारी फैलिनु अगाडि कहिल्यै पनि कोरोना देवीको नाम सुनिएको थिएन र हाल यो नयाँ देवीको आविष्कार भएको भन्ने भ्रम छ। विभिन्न समूहमा मानिस नदीको किनार तथा धार्मिक स्थलमा भेला भइ कोरोना देवीको पूजा गरेर देवीलाई खुसी बनाएमा कोरोना भाइरसको संक्रमण निको हुन्छ भन्ने भ्रम रहेको पाइन्छ।’ 

गौतमले सरकारले मानिसलाई भेला हुन प्रतिबन्ध लगाएको अवस्थामा पूजाआजा र जमघटमा सहभागी हुँदा अझ कोरोना फैलिने खतरा हुने भन्दै त्यो नगर्न अनुरोध गरेका हुन्। 

‘भगवानलाई खुसी पार्न सकेको खण्डमा मात्र यो भाइरस हराएर जान्छ भन्ने विश्वासका साथ यस किसिमका पूजा गरिएको भन्ने कुरा बुझिएको छ। यस किसिमका अन्धविश्वासले हामीलाई झन् अप्ठेरोमा पार्छ। सरकारले समूहमा जम्मा हुन प्रतिबन्ध लगाएको छ। समूहमा जम्मा हुनाले संक्रमण फैलिने खतरा हुन्छ। एक व्यक्तिमा संक्रमण भए अरुमा फैलिन सक्छ’, गौतमले थप भने, ‘कुनै देवी देवताका कारण यो रोग भएको होइन। देवी देवताको पूजा गर्नाले रोग निको हुने पनि होइन।’ 

प्रवक्ता गौतमले कोरोना भाइरसका कारण लाग्ने रोग भएकाले यस्ता कुनै पनि भ्रममा नपर्न अनुरोध गरे। ‘यो भाइरसका कारण लाग्ने रोग हो। संसारभरका वैज्ञानिकले रोगको औषधिबारे अनुसन्धान गरिरहेका छन्’, उनले भने, ‘नेपाल सरकार जोखिम हटाउन लागि परेको छ। भ्रमका पछाडि लागेर जोखिम नबढाउन मन्त्रालयको अनुरोध  छ।’ 

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ। १७ सय ७२ जनाले भने कोरोना जितेका छन्। आइतबार मात्र नेपालमा ४२१ जनामा संक्रमण पुष्टि भएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.