जाजरकोटमा समुदाय स्तरमै कोरोना पुष्टि

जाजरकोटमा समुदाय स्तरमै कोरोना पुष्टि

जाजरकोट : जाजरकोटको बारेकोटमा ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारेकोट ५ का ती पुरुष लामो समयदेखि घरमै बसिरहेका थिए । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेका उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । स्थानियमा त्रास फैलिएको छ ।

 
त्यस्तै छेडागाडमा कोरोना संक्रमण देखिएका दुई पुरुष पनि लामो समय देखि जिल्लामै रहेका थिए । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आउने तर समुदायमा रहेकाको परीक्षण गर्दा कोरोना पुष्टि हुनुले समुदाय स्तरमा फैलिसकेको डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए । कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्छ । यस्तो बेला लापरवाही गरियो र परीक्षणको दायरा बढाइएन भने खतरा हुन सक्छ । बारेकोट र छेडागाडमा कोरोना पुष्टि भएकाको सम्पर्कमा गएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरेर परीक्षण गर्नु पर्ने उनको भनाइ छ । 

हालै भारतबाट आएका चार हजारमध्ये करीव दुई हजारको परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट मात्र पोजिटिभ आएको छ । त्यसमध्ये पनि चार जना जिल्लामै रहेका र तीन जना बाँकेको कोहलपुरबाट आएका थिए । कोहरपुरबाट आएका ती संक्रमित एक मस्जिद जाने गरेको खुलेको छ । एकै घरका तीन जनामा संक्रमण देखिएको थियो । 

कोरोना जितेर आइतबार मात्र अस्पतालबाट फर्किएका बारेकोटका एक प्रहरी अधिकृत पनि जिल्लामै रहेका थिए । बारेकोटमा दुई जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै छेडागाडका एक बैक मेनेजर र वडाध्यक्षको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको छ । उनीहरुको सम्पर्कमा को-को आए अहिलेसम्म कन्ट्रयाक ट्रेसिङ्ग नभएकोले स्थानीय त्रासमा छन् ।

गाउँमा आइसोलेशन नभएको, कोरोनाको पिसिआर परीक्षण गर्ने ठाँउ नभएको, सुर्खेत पठाउँदा हप्तौ समय लाग्ने, चेतनाको अभाव लगायतका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.