क्वारेन्टाइनमा समस्यै समस्या

क्वारेन्टाइनमा समस्यै समस्या

बैतडी : पुर्चौंडी नगरपालिका ८ का लक्ष्मण विक २५ दिन पहिले भारतको नयाँदिल्लीबाट स्वदेश फर्के। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि कोरोनाको त्रासबाट बच्न उनी स्वदेश फर्किए। उनी क्वारेन्टाइनमा बसिरहेका छन्।

‘हामी एकै विद्यालयमा २० जना बसेका छौं। हामीमध्ये कसैको आरडीटी पोजेटिभ आएको छ। पोजेटिभ आएका र नआएका सबै एकै ठाउँमा छौं’, उनले भने, ‘यसरी कहिलेसम्म क्वारेन्टाइनमा राखिन्छ ? ’ उनीहरू क्वारेन्टाइनमा बसेको पनि एक महिना पुग्न लागेको छ। क्वारेन्टाइनमा बसेकालाई स्थानीय तहले खानाको व्यवस्था गर्दै आएका छन्। तर क्वारेन्टाइनमा दैनिक दालभात मात्रै खानुपर्दा बालबालिकालाई समस्या भएको छ। ‘विद्यालयको कोठामा छौं। बालबच्चा पनि छन्। एकै प्रकारको खाना खाँदा वाक्क भइसके’, पुर्चौंडी ८ कै तारादेवी विकले भनिन्, ‘हाम्रो परीक्षण कहिले हुन्छ ? कति दिनसम्म हामीलाई क्वारेन्टाइनमा राखिन्छ ? ’

जिल्लामा तीन हजारभन्दा बढी नागरिक क्वारेन्टाइनमा छन्। संक्रमणको संख्या बढ्दो छ। उनीहरूको समयमै परीक्षण नहुँदा क्वारेन्टाइन बसाइ पनि लम्बिँदै गएको छ। ‘आरडीटी पोजेटिभ आएकाको समयमै स्वाब संकलन नहुँदा क्वारेन्टाइनमा व्यवस्थापनमा समेत असहजता आएको छ। धेरै दिन भएकालाई घर पठाउने गरेका छौं’, शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले भने, ‘आरडीटी पोजेटिभ देखिएकाको स्वाब नै संकलन हुन सकेको छैन।’ स्थानीय सरकारको एक्लो प्रयासले क्वारेन्टाइनमा व्यवस्थापनमा निकै सकस भएकाले तीनै तहका सरकारको सहयोग आवश्यक भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले भने।

क्वारेन्टाइनमा बसेका मानसिक तनावमा

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका पाँच सयभन्दा बढी नागरिकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि तीन सयको स्वाब संकलन गर्न बाँकी छ। बालबच्चासहित क्वारेन्टाइनमा बसेकी पुर्चौंडी ८ की जानकी विक भन्छिन्, ‘हाम्रो स्वाब कहिले संकलन हुने हो थाहा छैन। हामीले अझै कति दिन क्वारेन्टाइनमै बस्नुपर्ने हो ? धेरै समस्या भइसकेको छ।’ ८ कै विनोद विकले संक्रमण भएकाको स्वास्थ्यप्रति सरकार संवेदनशील नभएको बताए। उनले भने, ‘आरडीटी पोजेटिभ आएपछि मानसिक समस्या छौं। हाम्रो स्वाब संकलन गरेर छिटो परीक्षण गरिदिए हुन्थ्यो। मानसिक रूपमा निकै तनाव भएको छ।’

यसबीच, बैतडीमा भीटीएम अभावमा स्वाब संकलन कार्य रोकिएको छ। झन्डै तीन सय नागरिकको स्वाब संकलन गर्न बाँकी रहेको भए पनि भीटीएम अभावमा स्वाब संकलन गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.