चिसिँदै चीन-अस्ट्रेलिया सम्बन्ध

चिसिँदै चीन-अस्ट्रेलिया सम्बन्ध

सिड्नी : अस्ट्रेलिया र चीनको सम्बन्धमा चिसोपना बढ्दै गएको छ। कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अस्ट्रेलियाले गरेको प्रश्नले चीन रिसाएको देखिन्छ।

त्यसपछि चीनले अस्ट्रेलियामाथि प्रतिबन्ध लगाएको थियो। त्यसैगरी यात्रामा पनि चेतावनी जारी गरेको थियो। यस्तो अवस्थामा अस्ट्रेलियालाई पटकपटक चीनमाथि आर्थिक निर्भरता कम गर्न सल्लाह दिइयो। तर त्यो त्यति सम्भव देखिएन।

दशकौंदेखि जौको खेती गर्दै आएका क्रिस केली भन्छन्, ‘मलाई चीनको मानिस मनपर्छ। म उनीहरूलाई माया गर्छु। अस्ट्रेलियामा जौको खेती गर्ने सबै मानिस चीनलाई माया गर्छन्। किनकि उनीहरूले नै हामीलाई धनी बनाएका हुन्।’

गत वर्ष मात्रै अस्ट्रेलियामा ८० लाख टन जौको उत्पादन भएको थियो। जौ बियर बनाउन प्रयोग गरिन्छ। उत्पादनको झन्डै आधा मात्रा चीनले किनेको थियो। तर, गत महिना चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशत कर लगाएको थियो।

योभन्दा पहिले अस्ट्रेलियाले अमेरिकाको कोभिड– १९ को उत्पत्तिको विषयलाई लिएर अनुसन्धान गर्नुपर्ने मागको समर्थन गरेको थियो। उक्त कदमलाई चीनले ‘राजनीतिक रूपले पे्ररित’ भनेको थियो। त्यसपछि चीनले अस्ट्रेलियाबाट हुने आयातमध्येका केहीलाई बन्द गरिदिएको थियो। साथै चीनले आफ्नो देशका विद्यार्थी र पर्यटकलाई ‘नश्लवादी’ देशमा नजान पनि चेतावनी दिएको थियो।     

यसै साता एउटा गोप्य प्रक्रियामार्फत चीनले लागूऔषध तस्करीको आरोपमा अस्ट्रेलियाका एक नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। कोरोना भाइरसको विषयलाई लिएर लगाइएको आरोपमा चीनले कतै कारबाही त गर्दै छैन ?   यही कुरालाई लिएर हाल अस्ट्रेलियामा बहस चलेको छ। के यो अमेरिका र चीनको जस्तै व्यापार युद्धको सुरुवात त हैन भन्नेमा धेरैलाई शंका लाग्न थालेको छ।

चीनमा अस्ट्रेलियाको निर्भरता

अन्य उदारवादी लोकतान्त्रिक देशहरू जस्तै अस्ट्रेलिया पनि चीनमा आर्थिक रूपमा निर्भर छ। त्यसैले आफ्नो मूल्यमान्यता र हितको बीचमा सन्तुलन बनाउन ठूलो चुनौतीको सामना गरिरहेको छ। हालै अस्ट्रेलियाले सिनजियांग र हङकङमा मानवअधिकारका कुरा उठाएको थियो। चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियाको ५जी नेटवर्क निर्माणमा रोक लगाइएको थियो। साथै आफ्नो घरेलु मामलामा हस्तक्षेप गरेको आरोप अस्ट्रेलियाले चीनमाथि लगाएको थियो।

अस्ट्रेलियाका लागि यो मनमुटाव कुनै ठूलो समस्या होइन। क्यानाडा, जापान र दक्षिण कोरियाले पनि यस्तो स्थिति भोगिसकेका छन्। चीनले राजनीतिक कारणले मात्र अन्य मुलुकलाई आर्थिक सहयोग गर्छ भन्ने आरोप लाग्ने गरेको छ। तर, अन्य देशको तुलनामा अस्ट्रेलिया चीनमाथि बढी नै निर्भर देखिन्छ।

पछिल्लो केही दशकमा चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको देखिन्छ। चीनले अस्ट्रेलियाको निर्यातमा ३२.६ प्रतिशत अंश ओगटेको छ भने अस्ट्रेलियाले चीनको विकासलाई बढावा दिँदै ग्यास, कोइलालगायतका सामग्री आपूर्ति गर्ने गरेको छ। त्यसैगरी शिक्षा, पर्यटन, कृषि तथा रक्सीजस्ता अन्य क्षेत्र चिनियाँ बजारमा फस्टाएका छन्। तर, अर्थशास्त्रीहरूका अनुसार जौ जस्तै यी क्षेत्रहरू पनि अस्ट्रेलियाका लागि त्यति विशेष होइनन् र राजनीतिक कारणहरूको सिकार हुन सक्छन्।

अन्य विकल्पको खोजी

चीन र अस्ट्रेलियाको सम्बन्धलाई लिएर उठेको बहसमा यो पनि सोधिन्छ कि, ‘के अस्ट्रेलिया चीनमा आवश्यकताभन्दा बढी निर्भर रहेको छ ?   के उसले अन्य विकल्प खोज्नुपर्ला ? ’

सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजीका राजनीति वैज्ञानिक डाक्टर लाई–हा–चानले अस्ट्रेलियालाई आफ्नो एसियाली छिमेकीहरूसँग पनि सम्बन्ध राम्रो बनाउनु जरुरी रहेको बताए। उनी भन्छन्, ‘अस्ट्रेलिया यसैको कोेसिसमा लागेको छ। प्रधानमन्त्री स्कट मोरिसनले यो वर्ष भारतसँग कैयौँ सम्झौता गरेका छन्। उनले गत वर्ष भियतनामको भ्रमण गरेका थिए। २५ वर्षे इतिहासमा कुनै नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो।’ अस्ट्रेलियाले चीनप्रतिकोे निर्भरता कम गर्न इन्डोनेसिया, जापान र दक्षिण कोरियासँग सहयोग लिन सक्ने डा. चानले सुझाएका छन्।

यीमध्ये कुनै पनि देशहरू अस्ट्रेलियाको शीर्ष १० साझेदारमा पर्दैनन्। कैयांै मामलामा यी देशबीच मुक्त व्यापार सम्झौता पनि छैन। तर, अर्थशास्त्रीहरूबीच यसलाई लिएर पनि मतभेद देखिन्छ। उनीहरूका अनुसार अस्ट्रेलियाले सजिलैसँग चीनको विकल्प पाउन सक्छ। यसै सन्दर्भमा प्रायः भारतको क्षमताको कुरा आउने गर्छ। सन् २०३५ सम्म अस्ट्रेलियाले भारतमा ४५ अर्ब डलर निर्यातको लक्ष्य राखेको छ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा चिनियाँ अर्थ व्यवस्थाका विशेषज्ञ प्राध्यापक जेन गोले भन्छन्, ‘अस्ट्रेलियाको सन्दर्भमा चीनको बराबरी गर्न सक्ने अरू कुनै विकल्प देखिँदैन।’ पूर्वी एसियाका एक विशेषज्ञ डा. शिरो आर्मस्ट्रङले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘ तपाईंले चीनको सामान बेच्न पाउनुहुन्न, अर्को देशको सामान बेच्नुछ भनेर सरकारले कम्पनीहरूलाई भन्न निकै गाह्रो पर्छ। किनकि ती देशहरू सामान किन्न नै चाहँदैनन्।’

चीनसँग बढी अवसर

जब सुरक्षा विशेषज्ञले चीनबाट टाढा रहनु भन्छन्, प्राध्यापक गोलेले यसलाई निराशाजनक मान्ने गर्छन्। उनी भन्छन्, ‘मलाई आश्चर्य लाग्छ कि कुनै व्यक्ति सडकमा हिँडिरहँदा यो हेडलाइन पढ्छ र सोच्छ कि हामी चीनबाट टाढा बस्नुपर्छ। यसले आफ्ना सन्तानलाई भविष्यमा कसरी बेरोजगारीतर्फ डोर्‍याउँछ भन्ने पनि उनीहरूले सोच्दा होलान्।’

विगत केही दशकयता चीन र अस्ट्रेलियाबीचको सम्बन्ध बिगिँ्रदै गएकोमा विशेषज्ञहरू पनि चिन्तित छन्। दुवै देशबीच द्विपक्षीय बैठक बसेको तीन वर्ष बितिसक्यो। अस्ट्रेलियाको पटकपटकको अनुरोधमा पनि दुवै देशका नेताहरूबीच हालसम्म बैठक बस्न सकेको छैन।

प्रा.गोलेका अनुसार सरकारले अस्ट्रेलियाली व्यापारीलाई चिनियाँ समकक्षीसँग व्यापारमा मद्दत गर्न विशेष मेहनत गर्नुपर्छ। तर, उनीहरूलाई यो पनि डर छ कि चीन र अस्ट्रेलियाबीचको सम्बन्ध जसरी बिगिँ्रदै गइरहेको छ, यसले पनि समस्या उत्पन्न भइरहेको छ। अन्य विज्ञले भने अस्ट्रेलियालाई आफ्नो कूटनीतिमा व्यावहारिक हुनुपर्ने सुझाव दिएका छन्।

उता प्रधानमन्त्री मोरिसनको भनाइ छ, ‘हामी अस्ट्रेलियाली नागरिक हौं। हाम्रो मूल्यमान्यतामा आँच आउने वा चीनसँगको हाम्रो साझेदारीलाई हानि पुर्‍याउने काम हामीले केही गरेका छैनांै र गर्न पनि चाहन्नौं।’इन्ट्रो ः

अस्ट्रेलियाले अमेरिकाको कोभिड– १९ उत्पत्तिको विषयलाई लिएर अनुसन्धान गर्नुपर्ने मागको समर्थन गरेको थियो। उक्त कदमलाई चीनले ‘राजनीतिक रूपले पे्ररित’ भनेको थियो र अस्ट्रेलियाबाट हुने आयातमध्येका केहीलाई बन्द गरिदिएको थियो। साथै चीनले आफ्नो देशका विद्यार्थी र पर्यटकलाई ‘नश्लवादी’ देशमा नजान पनि चेतावनी दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.