पाल्पामा एकै दिन ८२ जनामा कोरोना संक्रमण

पाल्पामा एकै दिन ८२ जनामा कोरोना संक्रमण

तानसेन : पाल्पामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वखोला गाउँपालिकाको  क्वारेन्टाइनमा रहेका ८० जना र माथागढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका  २ जनामा सङक्रमण पुष्टि भएको हो ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १ सय ३९ जनाको रिपोर्ट आउँदा पूर्वखोलाका ८० जनामा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । संक्रमण भएका व्यक्ति ३ वर्षदेखि ५८ वर्ष उमेर समुहका  रहेका छन् । जसमा पूर्वखोला गाउँपालिका वडा नं  १ का ३५ जना, वडा नं ५ का २२ र  वडा नं ३ का २३ जना रहेका छन् । सक्रमितमध्ये  २३ देखि ६५ उमेर समूहका  १५ जना महिला  ६७ जना  पुरुष छन्। 

सक्रमित सबै गाउँपालिकाको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन् ।  एकै पटक यति धेरै सक्रमित देखिएपछि  गाउँपालिकालाई व्यवस्थापन गर्न कठिनाइ भएको छ । यसअघि रम्भा गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको आइसोलेसनमा सक्रमितलाई राखे पनि अहिले थप आइसोलेसन व्यवस्थापनमा जुटेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । 

पूर्वखोलामा मात्र सक्रमितको संख्या ९२ पुगेको छ ।  माथागढी गाउँपालिकामा पनि २ जना पुरुषमा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उनीहरु दुई हप्ताअघि भारतबाट आएर वडा नं ७ सिद्धार्थ माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको आरडिटी परीक्षण नेगेटिभ आए पनि, पिसिआरको परीक्षणको लागी स्वाव संकलन गरी प्रादेशिक प्रयोगशाला पठाएकोमा पोजिटिभ देखिएको अध्यक्ष थापाले बताए । योसँगै माथागढी गाउँपालिकामा संक्रमितको संख्या १७ पुगेको छ ।

पाल्पामा सक्रमितको संख्या १७६ पुगेको छ । यसअघि बगनासकाली गाउँपालिकामा १७ जना, रम्भा गाउँपालिकामा १६ जना, माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, तिनाउँ गाउँपालिकामा ३ जना, लुम्विनी मेडिकल कलेजमा  उपचारको क्रममा गुल्मीका २ जना अर्घाखाचीका एक  जनामा कोरोना सक्रमण देखिएको छ । संक्रमितमध्ये पूर्वखोलाका एक जनाको  उपचारको क्रममा  मत्यु भएको छ भने  ५ जना निको भइ घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.