कोरोना जित्नेको संख्या २ हजार १४२ पुग्यो, रसुवा बाहेक सबै जिल्लामा संक्रमण

कोरोना जित्नेको संख्या २ हजार १४२ पुग्यो, रसुवा बाहेक सबै जिल्लामा संक्रमण

काठमाडौं : सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार
१०३ जनाको नमुना परीक्षण गरिएको छ ।

 
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८  र  आरडीटी विधिबाट ५ हजार ९२९ जनाको नमुना परीक्षण गरिएको छ  ।मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ।

यस्त सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोनाबाट  २३ जनाको मृत्यु भइसकेको  छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.