बागलुङमा ७ महिने बालकसहित ८ जनामा कोरोना संक्रमण
बागलुङ : जिल्लामा एक ७ महिने बालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमवार साँझ ताराखोला गाउँपालिकाका ७ जना र निसीखोला गाउँपालिकाका ७ महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका बिनोन बिन्दु शर्माले जानकारी दिए।
शर्माका अनुसार, ताराखोला गाउँपालिकाका २७, २४, ३५, २१, ३४, २१ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बागलुङमा संक्रमित संख्या १ सय २५ पुगेको छ। जसमध्ये २३ जना डिस्चार्ज भइसकेका छन्।