ब्रिसबेनको त्यो भरिभराउ होटेल
ब्रिसबेन : सोमालियाका सेफ अलि सेफ एउटा टिसर्ट लिएर सधैं आफ्नो बाल्कोनीमा उभिन्छन्। उनैले हस्ताक्षर गरेको टिसर्टमा लेखिएको छ, ‘म आफ्नो छोरालाई अंकमाल गर्न चाहन्छु।’ उनका छोरा आफ्नी आमासँग त्यहाँबाट २९ किलोमिटर टाढा रहेको सामुदायिक नजरबन्दमा बस्छन्। उनकी पत्नीले सरकारबाट प्रत्येक साता केही भत्ता पाउँछिन्। तर कोरोना महामारी अगाडि उनी कहिलेकाहीँ छोरा लिएर उनलाई भेट्न आउँथिन्। कोरोना पछि भेटघाट बन्द भएको छ। आफ्नी पत्नीले बिर्सलिन भन्ने उनलाई ठूलो चिन्ता छ।
सोमालियाबाट भागेर सियादको येमेनमा चालकको रूपमा काम गर्दै आएका सेफ युद्धका कारण त्यहाँबाट पनि भागेका थिए। गत जुनमा अस्ट्रेलियामा सारिएका उनले त्यहाँ करिब एक वर्ष बन्दी जीवन बिताइसकेका छन्। उनी परिवारसँग छुट्टिएको पनि तीन वर्ष भइसक्यो।
इरानका शरणार्थी फरहान रहमाती मुटुको उपचारका लागि अस्ट्रेलिया ल्याइएका थिए। आफ्नो बाल्कोनीबाट कार धुने ठाउँ, रेस्टुराँ र म्याक डोनाल्ड देखिने भए पनि तीनलाई छुन नपाउँदा उनलाई दुःख लाग्छ। उनलाई कुकुर मन पर्छ। कुकुर डोर्याएर हिँडेका मानिस देख्दा त्यसै गर्न मन लाग्छ। तर त्यसो गर्नु त परै जाओस् उनीहरूको नजिक पनि जान नसक्दाको पीडा उनले पोखे। सन् २०१३ मा इरान पस्नु अगाडि उनी सिभिल इन्जिनियरको रूपमा काम गर्थे।
रहमाती र सेफले प्रत्येक दिन आफ्नो बाल्कोनीमा आएर विरोध जनाउने र सहयोगका लागि याचना माग्दै आएका छन्। तर कतिपय नगरबन्दी आफूले विरोध जनाउँदा त्यहाँबाट छुट्ने समयमा असर पुर्याउला कि भन्ने डरले कोठैभित्र बस्न बाध्य छन्।
अस्ट्रेलियाको ब्रिस्बेनस्थित एक होटेलका सबै कोठाहरू भरिभराउ छन्। तर त्यहाँ रहेका पाहुनालाई होटेलको कोठा छाडेर अन्त जान बन्देज लगाइएको छ।
होटेलमा बस्ने यिनै शरणार्थीका कारण ब्रिस्बेनस्थित कंगारु प्वाइन्ट होटेल हिजोआज निकै चर्चामा छ। आवासीय क्षेत्रमा रहेको उक्त होटलमा गत वर्षदेखि एक सयभन्दा बढी शरणार्थीलाई नजरबन्दमा राखिएको छ। उनीहरूलाई कसैसँग भेट्न वा कतै आवतजावत गर्न अनुमति दिइएको छैन। केही समय पहिलेसम्म होटलको वरिपरि बस्ने मानिसलाई समेत त्यहाँ शरणार्थी नजरबन्दमा राखिएका छन् भन्ने जानकारी थिएन। त्यहाँका बासिन्दालाई होटलको गतिविधि माथि शंका हुँदै गएपछि यी सबै रहस्य बाहिर आयो। अहिले त्यहाँका मानिसले यसको विरोध गर्न थालेका छन्। यी शरणार्थीलाई छाड्नुपर्छ भन्दै माग उठ्न थालेको छ।

होटेल वरपर बस्ने मानिस पनि यही विषयले खुब रिसाएका छन्। सरकारले हामीलाई सोध्दै नसोधी आवासीय क्षेत्रमा कारागार कसरी बनाउन सक्छ भन्दै स्थानीय आक्रोशित भएका छन्। सन् २०१८ देखि होटेलको रेखदेख गर्दै आएको सेन्ट्रल अपार्टमेन्ट ग्रुपको वेबसाइटमा सोही होटेल परिवारसँगै बस्नका लागि उपयुक्त स्थान भएको बताइएको थियो। होटेलमा स्विमिङ पुल पनि छ। तर शरणार्थीले त्यसको प्रयोग गर्न भने पाउँदैनन्।
झुन्ड्याए ब्यानर
होटेलमा कैद गरिएका शरणार्थीले पनि अब आफ्नो लागि आवाज उठाउन थालेका छन्। केही शरणार्थीले होटेलको बाल्कोनीमा आएर त्यहाँ ब्यानरसमेत टाँस्ने गरेका छन्। ब्यानरमा बिना कुनै अपराध हामी सात वर्षदेखि हिरासतमा छौं भन्ने लेखिएको देखिन्छ। त्यसैगरी अर्को ब्यानरमा आफूहरूलाई न्याय गरियोस् भन्ने माग पनि उनीहरूले गरेका छन्। केही मानिस भने आफ्नो कोठाबाहिरको बाल्कोनीमा उभिएर शान्तिपूर्वक विरोध जनाउने गर्छन्।
समुद्रको बाटो हुँदै पुगेका शरणार्थी
यीमध्ये धेरैजसो सन् २०१३ मा समुद्रको बाटो हुँदै अस्ट्रेलिया पुगेका थिए। यहाँ आइपुग्नासाथ उनीहरूलाई हिरासतमा राखियो। उनीहरूलाई लामो समयसम्म पपुवा न्युगिनी र नाउरु द्वीपमा पनि राखियो। अहिले द्वीपमा शरणार्थीलाई राख्ने विषयमा पनि विवाद बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ उचित सुविधा छैन र शरणार्थीलाई अप्ठ्यारो अवस्थामा राखिने गरिन्छ। सन् २०१६ मा मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नाउरुलाई खुला कारागारको संज्ञा दिएको थियो। गत वर्ष यी दुवै द्वीपबाट केही गम्भीर रूपमा बिरामी भएका व्यक्तिलाई उपचारका लागि ब्रिस्बेनको उक्त होटेलमा ल्याइएको थियो। त्यतिबेलादेखि नै उनीहरूको जीवन होटेलको बन्द कोठामा सीमित भएको छ। होटेल बाहिर शरणार्थीको समर्थनमा प्रदर्शन हुन थालेको छ। मानिसले शरणार्थीको छुटका लागि माग गरिरहेका छन्।
केही व्यक्तिका अनुसार ब्रिस्बेनको उक्त होटेलमा पपुवा न्युगिनी र नाउरुको भन्दा पनि दयनीय अवस्थामा उनीहरू बसिरहेका छन्। ‘यहाँ हामीलाई कारागार जस्तै छ। पपुवा न्युगिनीमा केही न केही स्वतन्त्रता थियो। यताउती घुम्न पाइन्थ्यो। त्यहाँ अस्ट्रेलियाली सीमा सुरक्षा थिएन। अन्य सुरक्षा बल पनि वरिपरि थिएन’, रहमातीले भने। उनलाई पपुवा न्युगिनीबाट अस्ट्रेलिया सारिएको थियो।
होटेलभित्र रहेका करिब एक सय २० जनाले महिनौंसम्म आफ्नो पीडाको बारेमा केही बोलेनन्। तर गत मार्चमा ब्रिस्बेनमा कोरोना भाइरसको संक्रमित बढ्न थालेपछि यो विषय बाहिरियो। होटेलमा आउनेजाने गार्डमार्फत कोरोना भाइरस छिर्ला भन्ने डरले उनीहरूले बाहिर बाटोबाटै देखिने गरी विरोध जनाउन सुरु गरे। शरणार्थीले गुहार मागेको बाटोमा हिँड्ने केही मानिसले देखेर उनीहरूको दुःखप्रति सहानुभूति जनाउँदै होटेल बाहिर प्रदर्शन गर्न थाले। यो प्रदर्शनी अहिले आएर मानव अधिकारवादीसम्म पुगेको छ। मानवअधिकारवादीले पनि उनीहरूको रिहाइको माग गरेका छन्।
सशस्त्र प्रदर्शनकारी र सुरक्षा गार्डबीचको भिडन्तले अस्ट्रेलियाली अध्यागमन नीतिप्रति अनावश्यक ध्यानाकर्षण गराएको छ। उक्त नीति लामो समयदेखि अपतटीय केन्द्रित छ। अहिले यसले अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरको ४.५ तारे होटेलका पाहुनासँग खेलिरहेको छ। उक्त होटेलले केही महिना अघिसम्म पनि पैसा तिरेरै बस्ने अतिथिहरू स्वीकार गरिरहेको थियो। सुरक्षाकर्मीहरूले एक बन्दीलाई हटाउन खोज्दा प्रदर्शनकारीहरूले साप्ताहिक विरोध प्रदर्शन सुरु गरे, जुन अहिले उनीहरूको पेसा झैं बनेको छ।
अपतटीय बन्दी
सन् २०१८ मा एउटा हल्ला चल्यो। जसअनुसार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको टेबुलमा एउटा मोडेल प्रवासी डुंगा थियो। डुंगामा लेखिएका शब्दहरू यस्ता थिए,‘ मैले तिनीहरूलाई रोकें।’ उनले पदभार ग्रहण गर्नुअघि देशको सीमा सुरक्षा नीतिहरूलाई सुदृढ पार्न मद्दत गरे। नीतिले डुंगामा आएका मानिसलाई समुद्री किनारमै प्रशोधन गरिने र यदि उनीहरू शरणार्थी पाइएमा कहिल्यै अस्ट्रेलियामा बसोबास गर्न नदिने स्पष्ट तोकेको थियो। सरकारले यो नीतिले तस्करहरूको माग हटाउँछ र समुद्रमा हुने मृत्युलाई रोक्छ भन्ने ठान्यो।
सन् २०१२ मा त्यहाँ धेरै डुंगा आइपुगे। डुंगामा इरान, अफगानिस्तान, म्यानमार र अन्य समस्याग्रस्त राष्ट्रहरूबाट इन्डोनेसिया र मलेसिया हुँदै करिब १७ हजार यात्रु त्यहाँ आइपुगे।
अहिले केही डुंगा आउने गरेका छन्। मानवअधिकारकर्मीका अनुसार यो नीतिले समुद्री तटको किनारमा कैदीहरूको एउटा समूह बनाएको छ। पक्राउ परेका व्यक्तिको मानसिक स्वास्थ्य बिग्रिन थालेपछि वकिलले कानुनी उपचारको लागि अस्ट्रेलिया ल्याउने कि नल्याउने भनेर निर्णय गर्ने अधिकार चिकित्सकलाई दिए। सन् २०१९ को मार्चमा मेडेवाक कानुन पारित भएको थियो। यसले स्थानान्तरणको लागि ढोका खोले तापनि सरकारले राष्ट्रिय सुरक्षाको चिन्ता देखाउँदै मे महिनाको चुनाव जित्ने बित्तिकै यसलाई बन्द गर्यो।
अस्ट्रेलियाको शरणार्थी परिषद्ले अस्ट्रेलियामा कसैलाई हिरासतमा राख्न प्रत्येक वर्ष दुई लाख ३६ हजार अमेरिकी डलर खर्च गर्ने अनुमान गरेको छ। अस्ट्रेलियाली नेसनल अडिट अफिसका अनुसार सन् २०१२ देखि सरकारले अपतटीय प्रशोधनमा करिब ४.८ अर्ब डलर खर्च गर्दै आएको छ। सीएनएन
प्रतिक्रिया दिनुहोस !