कहाँ हो त्रिदेशीय बिन्दु ?

कहाँ हो त्रिदेशीय बिन्दु ?

काठमाडौं : नेपाल र भारतबीच सुगौली सन्धि भएको २०४ वर्ष भयो भने नेपाल र चीनबीच सन्धि भएको ६० वर्ष । यी दुवै सन्धिको मुख्य उद्देश्य सिमाना कायम गर्नु हो । दुवै छिमेकी मुलुकसँग सन्धि भएको यति लामो समय बिते पनि तीन देशबीचको सीमाबिन्दु भने कायम हुन सकेको छैन । तीन देशबीच सीमा एकापसमा जोडिएको बिन्दुलाई त्रिदेशीय बिन्दु भनिन्छ । यसले तीन देशको सीमा छुट्ट्याउने काम गर्छ । नेपालको उत्तरमा चीन छ भने दक्षिण, पश्चिम र पूर्वमा भारत छ । सन् १८१६ को सुगौली सन्धिको धारा ५ र सन् १९६१ को नेपाल चीन सीमा सन्धिको धारा १ मा नेपाल चीनबीचको पश्चिमी सीमा काली र तिंकर नदीको पानीढलोबाट सुरु हुने उल्लेख छ ।

दुवै सन्धिअनुसार पश्चिममा कालीको उद्गम लिम्पियाधुरा नेपाल भारत र चीनबीचको त्रिदेशीय बिन्दु स्पष्ट छ भने पूर्वको सिमानामा त्रिदेशीय बिन्दु कायम गरिएको छैन । नेपाल भारत र चीनबीच पश्चिमोत्तर र पूर्वोत्तर त्रिदेशीय बिन्दु कायम गर्ने काम हालसम्म हुन सकेको छैन । पश्चिमोत्तर सीमामा एक नम्बर पिलर (सीमा स्तम्भ) टिंकरमा छ तर जिरो नम्बर पिलर गाडिएको छैन । पूर्वोत्तर सीमामा नेपाल र भारतबीच केही दशकअघि नै सीमांकनको काम सकिएको छ । नेपाल र भारतबीच सीमांकनको काम समाप्त भइनसकेकाले त्रिदेशीय बिन्दु निर्धारणमा हुन नसकेको हो । उत्तरतिरको सीमामा भिन्साङचुलीमा त्रिदेशीय बिन्दु हुनुपर्नेमा ७९ नम्बर पिलर १४ किलोमिटर पश्चिममा नै गाडिएको छ ।

चीन नेपालका सीमामा ७९ वटा स्तम्भ छन् । नेपाल भारतमा सीमा ८५५३ सीमा स्तम्भ छन् । सीमाविद् एवं नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले भारतको सहमति नभएकै कारण अहिलेसम्म त्रिदेशीय बिन्दु कायम नभएको बताए । त्रिदेशीय बिन्दु स्थापना गर्न तीनै देशको उपस्थिति हुनुपर्नेमा नेपालको चीनसँगको सीमा निर्धारण गर्दाका समयमा भारतको अनुपस्थितिका कारण त्रिदेशीय बिन्दु कायम हुन नसकेको उनको भनाइ छ । ‘भारतको उपस्थितिबिना हँुदैन, चीनले त पानी ढलो राख्न भनेकै छ’, उनले भने, ‘त्रिदेशीय बिन्दु भनेको तीन देशले मानेको बिन्दु हो, भारतले सहमतिमा नआएका कारण अहिलेसम्म त्यो टुंगो लागेन ।’

उनका अनुसार २०१६ सालमा भारतको अनुपस्थितिमा चीन र नेपालबीच लिपुलेकभन्दा पूर्वको डाँडाबाट सीमांकन सुरुआत गरिएको थियो । त्यो अहिले १ नम्बर सीमास्तम्भ रहेको टिंकर भन्ज्याङबाट तीन माइल पश्चिममा पर्छ । २०१६ र २०२८ (सन् १९७८) मा नेपाल चीनको सीमांकन भएको थियो । भारत र चीनबीच खटपट भइरहेकाले लिम्पियाधुरासम्म सीमांकनका लागि जान नसकेको उनले बताए । पूर्वमा पनि त्यतिबेला सिक्किमलाई नेपालकै सोच्ने भएकाले भुटानको सीमासम्म नेपालकै भएको ठानी त्रिदेशीय बिन्दु कायम नभएको पूर्वमहानिर्देशक ओलीले बताए । सन् १९८१ र त्यसपछि प्रविाधिक समितिका वार्तामा त्रिदेशीय बिन्दुको विषयमा कुरा उठे पनि कूटनीतिक तहबाट टुंग्याउने भन्दै भारतले पन्छाउने गरेको उनले बताए ।

ओलीका अनुसार नेपालको हालको नयाँ नक्साअनुसार पूर्वमा ताप्लेजुङको जनतक हिमाल शृंखलाको ७ हजार ४ सय ८४ मिटर अग्लो भिन्साङचुलीमा पर्छ भने पश्चिममा लिम्पियाधुराभन्दा करिब चार किलोमिटर पश्चिम दक्षिण नुईधुरामा पर्छ । पूर्वोत्तर सीमा विवाद भएको पाइँदैन । तर पनि त्रिदेशीय बिन्दु कायम हुन सकेको छैन । नेपाल चीन दोसाँध रेखा पश्चिमतर्फ अंकन गर्दै त्रिदेशीय बिन्दुभन्दा १४ किलोमिटर पश्चिम चाबुक भन्ज्याङसम्म मात्रै तानिएको छ । त्रिदेशीय बिन्दु कायम भएपछि यो रेखा अझ पूर्वसम्म तानिएर पूर्ण प्राप्त हुने नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान    श्रेष्ठ बताउँछन् । अध्येता एवं लेखक रतन भण्डारी सबै तथ्य र प्रमाणले पश्चिमोत्तर बिन्दु लिम्पियाधुरा भएको देखाउने बताए ।

चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले तीन देश मिलेर सीमा ठेगान भएकाले एउटाको अनुपस्थितिले यो ठेगान नलागेको बताए । उनका अनुसार चीनसँग सीमांकन गर्दा भारत भारत उपस्थिति भएन । त्यसले जिरो नम्बर पिलर नराखी सीमांकन भयो । सन् १९६२ मा भारत चीन युद्धले भारतलाई त्यसै अल्मल्यायो । आचार्यले अहिलेसम्म भारत, चीन र नेपाल एकै ठाउँ बसेर सीमा निर्धारणको काम नभएकाले त्रिदेशीय बिन्दु कायम नभएको बताए ।

भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय सीमा विषय कहिल्यै प्राथमिकतामा नपरेको बताउँछन् । ‘न प्राथमिकतामा प¥यो, न निरन्तरता नै पायो’, उनी भन्छन्, ‘सीमाका विषय मौसमी कुरा मात्रै भए ।’ उनले पूर्वमा सीमा खासै सीमा समस्या नभए पनि त्रिदेशीय बिन्दु कायम नहुनुमा मुलुकको प्राथमिकतामा नपर्नु नै प्रमुख कारणको उनको भनाइ छ । हिजोका कुरा ‘मम’ भनेर यो विषयलाई निरन्तरता दिने संकल्प सबैले गर्नुपर्ने उपाध्यायले बताए । ‘विगतमा जजसले यो कुरा वास्ता गरेनन्, ती राजा हुन् वा नेता, सबैले मम भन्नुपर्छ’, उनी भन्छन्, ‘अहिले चर्को कुरा गर्ने कुनै न कुनै निकायमा जिम्मेवार व्यक्ति नै छ, उनीहरूमा नैतिक आधारमा पनि छैन । प्रधानमन्त्री नै नभए पनि मन्त्री, सांसद कुनै न कुनैमा बसेकै हुन्, यत्रो निसान छापमा नक्सा गलत हँुदा पनि उनीहरू किन नबोलेका ?    ’ अहिले संयोग राम्रो भएको र जगसमेत बसेकाले त्रिदेशीय बिन्दुलगायतका सबै समस्यालाई गम्भीर भएर समाधान गर्नु पर्ने उपाध्यायले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.