कोरोना पुष्टि भएको तीन दिनसम्म क्वारेन्टिनमै

कोरोना पुष्टि भएको तीन दिनसम्म क्वारेन्टिनमै

बागलुङ : जिल्लाको पश्चिम ढोरपाटनमा संक्रमण पुष्टि भएको तीन दिनसम्म संक्रमित क्वारेन्टिनमै रहेको भेटिएको छ। आइतबार साँझ कोरोना पुष्टि भएका ५ जनालाई मंगलबारसम्म आइसोलेसनमा ल्याइएको छ। उनीहरु ढोरपाटन नगरपालिका वडा नम्बर २ र ५ का हुन्। 

तीन दिनदेखि संक्रमण पुष्टि भएका ५ जनालाई नै क्वारेन्टिनमै राखेपछि गाउँमा त्रास फैलिएको थियो। पश्चिम क्षेत्रका कोरोना संक्रमित धौलागिरी अस्पताल र सदरमुकामको प्रिआइसोलनमा नपठाउन जिल्ला कमाण्ड पोस्टले निर्देशन दिएपछि त्यस क्षेत्रका संक्रमितलाई बुर्तिबाङमै राखिने गरिएको छ। 

पश्चिम क्षेत्रका चार पालिका मिलेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तयार गरिएको २५ बेडेको आइसोलेसनमा अहिले १८ जना संक्रमित बस्दै आएका छन्। 

उनीहरु बस्दै आएको आइसोलेसनमा ७ वटा बेड खाली भए पनि नयाँ संक्रमित देखिएकालाई एकै स्थानमा नराख्ने निर्णय भएका कारण तत्काल अर्को आइसोलेसन नभएकाले क्वारेन्टिनमै राखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। संक्रमित भएका व्यक्तिलाई क्वारेन्टाइनमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको डा. मल्लको भनाइ छ। 

उनीहरुलाई उत्तरगंगा माविमा प्रि–आइसोलेसन बनाएर राख्ने तयारी छ। निसीभुजी जनता क्याम्पसमा थप २५ शैय्याको  आइसोलेसन बनाउने तयारी गरिए पनि स्थानीयले विरोध जनाए पछि उत्तरगंगा माविमा आइसोलेन कक्ष बनाउने तयारी भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ। 

उत्तरगंगा माविमा पनि थप २५ शैय्याको प्रि–आइसोलेसन तयार गरिए पनि संक्रमितको संख्या थपिदै गएका कारण सबै बेड तयार पारेर बुधबार मात्रै आइसोलेसन ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए। 

ढोरपाटन नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या २२ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणमा ढिलाई हुँदा ठूलो संख्यामा अहिले पश्चिम क्षेत्रका ढोरपाटन सहित बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका क्वारेन्टिनमा छन्। 

जिल्लामा बुधवार एकै दिन ११ जनाले कोरोना जितेर घर फर्केका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.