बैतडीमा थप ३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १७५ पुग्यो
बैतडी : बैतडीमा बुधबार थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पाटन नगरपालिका वडा नं ६ का २३ र २८ वर्षीय दुईजना पुरुष र ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट फर्किएका र आरडिटी रिपोट पोजिटिभ भएका नागरिक रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
कोरोना पुष्टि भएका उनीहरु क्वारेन्टाइनमा रहेका र उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनको आइसोसलेसनमा राखिने उनले बताए । योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या १ सय ७५ पुगेको छ ।