उदयपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
उदयपुर : उदयपुरमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ भने थप एक जना घाइते भएका छन्। बिहीबार करिब बिहान ८:३० बजे बर्षात परेसँगै चट्याङले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ कानुन चौधरीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी गोविन्द पुरीका अनुसार चट्याङले लागेर सोही वडाको भातिखर्ककी ३१ अनिता खड्का घाइते भएकी छिन्। उनको खुट्टाको केहि भाग जलेको छ। सामान्य अवश्थामा रहेकी खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको डिएसपी पुरीले बताए।
दुबै जना खेतमा काम गर्दै गरेको अवश्थामा चट्याङले हानेको प्रहरीले जनाएको छ। चट्याङले हानेर घाइते भएका चौधरीलाई जिल्ला अस्पतला पुर्याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको डिएसपी पुरीले बताए।