भक्तपुरमा दुई नाबालिका बलात्कृत

भक्तपुरमा दुई नाबालिका बलात्कृत

भक्तपुर : एक सातामा भक्तपुरमा दुई नाबालिका बलात्कारको शिकार भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १३ र १४ वर्षीया दुई बालिका एकसाताभित्र बलात्कृत भएका हुन् । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले दुइटै घटनामा संलग्न दुर्य युवालाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको जानकारी दिए ।

उनका अनुसार रुकुमको भुमे गाउँपालिका ९ घर भई हाल चाँगुनारायण नपा १ दुवाकोट बेसीमा बस्ने ३५ वर्षीय जबर खड्का र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १ बस्ने २१ वर्षीय सोमराज परियारलाई नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।
खड्काले गएको जेठ ३१ गते १३ वर्षीया बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी चाँगुनारायण नपा १ दुवाकोट बेसीस्थित आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

खड्काविरुद्ध नाबालिकाकी हजुरआमाले जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा उनलाई असार ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै परियारले असार ४ गते दिउँसोको समयमा १४ वर्षीया बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर थिमि नपा ९ बोडेस्थित निलबाराही जंगलमा लगी जबरजस्ती गरेका थिए । परियारविरुद्ध बलात्कृत बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् । 

उक्त दर्खास्तको आधारमा परियारलाई असार ५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै अभियुक्तलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.