दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

दैलेख : दैलेखमा आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । 

ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आइपुगेको थिए । भारतबाट फर्किएका ती युवक पञ्चकोशी मावी गमौडीमा स्थित क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ आएपछि जेठ २५ गते घर पठाइएको थियो । 

क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा युवकको शव फेला परेको थियो । ती युवक असार ९ गते बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । आत्महत्या गरेका ती युवकको शव पोस्टमार्टमका लागि असार १० गते दुल्लु अस्पताल लगिएको थियो । सोहि दिन उनको पोस्टमार्टम गरिनुका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरी कर्णाली प्रदेश अस्पताल स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाइएको अस्पताल स्रोतले जनाएको छ । 

प्रगोशालामा गरिएको परीक्षणमा आत्महत्या गरेका ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले बताए । उनी कर्णाली प्रदेशका कोरोना संक्रमण पुष्टि भएका छैठौं मृतक हुन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.