सिके राउतपछि दोस्रो बरियाताका नेतासहित ठूलो समूहले पार्टी छाड्यो

सिके राउतपछि दोस्रो बरियाताका नेतासहित ठूलो समूहले पार्टी छाड्यो

परासी : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले पार्टी परित्याग गरेका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको दोस्रो बरियातमा रहेका कैलाश महतोसहित उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 

डा. राउत संयोजक रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धमा महतो सहसंयोजक थिए ।  ह प्रेस विज्ञप्ति मार्फत राजीनामा दिने अन्य केन्द्रीय सदस्यमा सतिला यादव (सिरहा), दिनेश प्रसाद यादव(बारा), सञ्जय कुमार साह(पर्सा), हकिकुल्लाह मुसलमान(कपिलवस्तु) र नवलपरासीका धु्रव प्रसाद कहाँर र राजमति पासवान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

केन्द्रीय सदस्यसँगै पश्चिम नवलपरासीमा गठन भएको जनमत पार्टीको जिल्ला समिति समेत विघटन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २३ सदस्यीय जिल्ला समितिमा २ सदस्यबाहेक सबैले पार्टी परित्याग गर्दै राजनीनामा दिएको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष श्री कृष्ण यादवसहित २१ जनाले संयुक्त विज्ञप्ति निकालेर राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गरेका हुन्। 

पार्टी परित्याग गर्ने सबैले २०७६ फागुन २४ गते गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि पनि डा. राउतले एकलौटी रुपमा निर्णय गर्ने र पार्टीभित्र गुटको राजनीतिक गर्दै नेता तथा कार्यकर्तालाई कामदारको रुपमा काम गराउन खोजेको आरोप लगाउँदै राजीनामा दिएको उल्लेख गरेका छन्। 

निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा विधानसमेत पढ्न नदिई कार्यकर्तालाई गुमराहामा राखेको, तत्कालका लागि चुनावमा नजाने आन्तरिक निर्णय भएपनि २०७६ मंसिर १४ गते भएको स्थानीय तहको उप निर्वाचनमा उम्मेदवारी दिएर लजास्पद हार व्यर्होनु परेको जस्ता असन्तुष्टि उल्लेख गरिएको छ ।  डा.राउतले लोकतान्त्रिक पद्धति विपरीत राजनीतिक चरित्र देखाउन खोजेकाले आफूहरुले पार्टी परित्याग गरेको आरोप लगाइएको छ। 

पार्टी परित्यागपछि नयाँ दल र राजनीतिक मुद्दाबारेको जिज्ञासमा केन्द्रीय सदस्य महतोले त्यसबारे केही दिनमा सल्लाह गरेर टुंगोमा पुग्ने बताए । ‘हामी स्वतन्त्र मधेशको पक्षमा छैनौ । तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र फोरमबीच भएको सहमतिलाई कार्यान्वयन गराउने प्रमुख एजेन्डा हुन्छ ।’ उनले भने । स्वायत्व मधेस प्रदेश र पूर्ण समानुपातिक समावेशीकरण नै आफूहरुको प्रमुख मुद्दा हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.