गुल्मीमा असारमै रोपाइँ

गुल्मीमा असारमै रोपाइँ

गुल्मी : मालिका गाउँपालिका ५ का प्रेमबहादुर जीसीले यसभन्दा अघिका वर्षमा साउनमा मात्र खेतमा रोपाइँ सुरु गर्थे। आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताले उनले साउन महिना पर्खनैपर्दथ्यो। तर, यसपाली उनले फरक अनूभूति गरे। साउनमा सुरु हुने रोपाइँ असारमै सकियो। असारको पहिलो हप्तामा उनले आफ्ना सबै खेतमा रोपाइँ सकेर घरमा आराम गरिरहेका छन्।

‘पहिले सधैं साउनमा रोपाइँ हुन्थ्यो’, जिसीले भने, ‘यस वर्ष पानी जेठमै प¥यो। रोपाइँ पनि सकियो।’ यसपाली कोरोनाका कारण परिवारका सबै सदस्य घरमा आएर घरकै परिवारले मात्र रोपाइँ गरेको उनले सुनाए।

पहिलेका वर्षमा खेत रोपाइँमा गाउँमा खेतला नपाउँदा आलोपालो रोप्दा ढिलो हुने गरेको सोही ठाउँकी सावित्री केसीले बताइन्। उनले आकाशेपानीको पर्खाईमा साउनको अन्त्यतिर मात्रै रोपाइँ सुरु गर्ने गरेको भए पनि यस वर्ष असारको पहिलो सातामै सकिएको बताइन्। उनका अनुसार समयमै पानी, बीउ र खेतला प्रशस्त भएकाले छिटो रोपाइँ गर्न सकिएको हो।

कोरोनाका कारण धेरै मान्छे बाहिरबाट गाउँ आएकाले खेतीपाती गर्न सहज भएको स्थानीय सूर्यबहादुर केसीले बताए। उनले विगतका वर्षमा गाउँमा कोही नहुँदा खेतीपाती गर्न खेतलाको अभाव हुने गरेको अनुभव सुनाउँदै यस वर्ष रोपाइँमा खेताला घरमै काम खोज्न आउने गरेको समेत अनुभव बताए। ‘पोहोरसाल खेतला खोज्दा पाइँदैन्थ्यो’, उनले भने, ‘यस वर्ष कहिले रोपाइँ हुन्छ भनेर खेताला आफैं सोध्न आउँछन्।’

केसीले तीन दिनको रोपाइँ गर्न परिवारका सदस्य र खेताला खोजेर गर्ने गरेको विगतको अनुभव सुनाए। कोरोनाका कारण देश लकडाउनमा छ। यो समयमा धेरैजसो मानिस गाउँ आएका छन्। त्यसमध्ये पनि युवाले सामूहिक काम मागेर निश्चित पैसामा कामको जिम्मा लिएर खेतीपाती गर्ने गरेका छन्।

मालिकाकै प्रेम कसीले खेतको आली खन्न चारदिन लाग्ने जग्गा गाउँकै युवा मजदुरलाई दुई हजार पाँच सयमा जिम्मा दिए। मजदुरले उनको चारदिन लाग्ने खेतको आली दुई दिनमै खनेर सकाए। उनले मकै खन्न पनि निश्चित रकम दिएर जिम्मा दिए। यसरी गाउँमा मजदुर प्रशस्त पाइएपछि खेतीबाली लगाउन समेत किसानलाई निकै सहज हुने गरेको छ।

गुल्मीका विभिन्न ठाउँमा रोपाइँको चटारो छ। लगातारको अविरल वर्षाका कारण असारको पहिलो हप्तामै धेरै किसानले रोपाइँ सकिसकेका छन्। झण्डै तीन दशकपछि मात्रै यसरी असारको पहिलो हप्तामै रोपाइँ सकिएको र पानी परेको किसानले बताए। गुल्मीका चौरासी, पनाहा, टारी, उल्लीखोला, चन्द्रकोट, रुरुलगायत फाँटमा धान रोपाइँ हुने गरेको छ। जलवायु परिवर्तनले समयमा पानी नपर्दा किसानले आकाशमै हेरेर दिन बिताउनुपर्ने बाध्यता यसपाली हटेको किसान सुनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.