नागरिकता विधेयक र भ्रष्टाचारको विरोध गर्दै नवलपरासीमा कांग्रेस आन्दोलित

नागरिकता विधेयक र भ्रष्टाचारको विरोध गर्दै नवलपरासीमा कांग्रेस आन्दोलित

परासी : नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको मागगर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको छ ।

सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोण सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

कार्यबहाक जिल्ला सभापति अजुर्न कुमार पोखरेलको नेतृत्वमा निस्केको जुलुसपछि आयोजित कोणसभामा संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवदकरण जयसवाल, महिला नेतृ आरधाना भट्ट, विक्रम यादव, उमेश यादवलगायतले कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.