संक्रमित सवार बसका २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

संक्रमित सवार बसका २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

जोमसोम : प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पीसीआर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएका मुस्ताङको तिब्बती शरणार्थी क्याम्प बस्ने ८३ वर्षीय एक वृद्ध बाहेक २३ जनाको रिपोर्ट शनिबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । 

काठमाडौंबाट मुस्ताङ आउने क्रममा सीमानाकामा उनीहरुको आरडिटी परीक्षण गरिदा वृद्धलाई आरडिटी रिपोर्ट पोजिटिभ देखिएको थियो । त्यसपछि उनको पहिलो पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुनः दोहोर्‍याएर उनको स्वाब पोखरा पठाइएको स्वास्थ्य कार्यालयले जनायो। उनीसँगै सुसार गर्न आइसोलेसन बसेका ज्वाईको पनि पुनः नमूना स्वाब पोखरा पठाइएकोमा रिपोर्ट आउन बाँकी छ । ज्वाईको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ थियो ।

संक्रमित पुष्टि भएका वृद्धसहित गत जेठ ३२ गते छैरो तिब्बती शरणार्थी क्याम्पका २० जना  र बसका चालक तथा सहचालक ३ जना र अर्को एक व्यक्ति समेत गरी २३ जना काठमाडौंबाट मुस्ताङ आएका थिए ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा वृद्धलाई पोजिटिभ देखिएको थियो । क्याम्पका सबैजनालाई होम क्वारेन्टाइनमा बस्न लगाइएको थियो भने वृद्ध र ज्वाइँलाई जोमसोम अस्पतालको आइसोलेसनमा राखिएको छ।

क्याम्प निवासी वृद्धलाई कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले सोही दिन शरणार्थी क्याम्प सिल गरेको थियो । संक्रमित चढेको बसमा सवार सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शरणार्थी क्याम्पमा लगाइएको सिल फुकुवा गरी आउजाउ सहज पारिएको छ । मुस्ताङमा अहिलेसम्म करिब ५५ जनाको पीसीआर परीक्षण भइसकेको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.