ललितपुरमा थप एकजनामा कोरोना संक्रमण

ललितपुरमा थप एकजनामा कोरोना संक्रमण

काठमाडौं : ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा  एक महिलामा कोरोना पुष्टि भएको हो।

आइतबार मात्रै थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आइतबार १०५ जना महिला ३५८ पुरुष गरी ४६३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। कुल संक्रमितमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार रेड जोनमा ५१४ जना रहेका छन्। आइतबार थप २ जना रेड जोनमा परेका हुन्।

पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या ३ हजार १३ पुगेको छ। यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार  ७७ जिल्लामै कोरोना फैलिएको छ।  कोरोना संक्रमणबाट  २८  जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख १५ हजार ८३९ र आरडीटी विधिबाट २ लाख ९६ हजार ७६६ जनाको नमुना परीक्षण गरिएको छ। ६१ हजार ७३१ जना क्वारेन्टाइनमा छन् भने ९ हजार ७३१जनाको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.