'आत्महत्या दर घटानउनेछौं’
ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बन्दाबन्दीको समयमा आत्महत्याको दर बढेकाले मनोसामाजिक परामर्शसहितको क्वारेन्टाइन बनाएको बताएका छन्।
महानगरको वडा नम्बर २६ सुनाकोठीमा उक्त क्वारेनटाइन एकसाताअघि संचालनमा आएको हो। २७ वेड क्षमताको उक्त क्वारेन्टाइन बस्ती भन्दा केही पर एकान्त ठाउँमा छ। भौतिक रुपमा सुविधा सम्पन्न देखिने भवन पोषण पुनस्र्थापना गृहको हो।
नेपाल युथ फाउण्डेसनको सहकार्यमा उक्त सेवा संचालनमा ल्याएको महर्जनले बताए। उनका अनुसार कोभिड १९ आएपछी बन्दाबन्दीको समयमा २८ जनाको कोरोना लागेर मृत्यु भए पनि १२ सय भन्दा धेरैको आत्महत्याबाट ज्यान गएको छ।
त्यसैले आत्महत्या जतिसक्दो रोक्नका लागि मनोसामाजिक परामर्शदाता सहितको क्वारेन्टाइन बनाएको उनको दाबी छ। ‘नगरसभाबाट नै यस विषयलाई सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो र पारित गरयौँ पनि’, महर्जनले भने, ‘आत्महत्याको दर जतिसक्दो घटाउने प्रयास गर्नेछौं।’
उक्त क्वारेन्टाइनजमा अहिले जना महिला बसिरहेका छन्। माल्दिभ्सबाट आएका तीन जना, भारत तथा खाडी मुलुकबाट फर्किएका महिला र एक बालक पनि रहेको जानकारी दिएको छ।