दोलखामा थप २ जनामा कोरोना संक्रमण

दोलखामा थप २ जनामा कोरोना संक्रमण

दोलखा : दोलखा जिल्लाका थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उत्तरी दोलखाको गोरीशंकर गाउँपालिका-५, सुरीस्थित हलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक/एक महिला र पुरुषको कोरोना संक्रमणको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । यो सहित दोलखामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

हलेश्वर माविको क्वारेन्टाइनबाट ७ जनाको स्वाब संकलन गरेर असार ११ गते परीक्षणका लागि पठाइएकोमा  एक महिला र एक पुरुष गरी दुईजनामा कोरोना संक्रमण देखिएको हो । सोही क्वारेन्टाइनमा करिब १० दिनदेखि कुवेतबाट आएकी ४५ वर्षीया र ३५ वर्षीया २ महिला रहेका छन् ।

संक्रमित देखिएपछि कन्ट्याक ट्रेसिङ कार्य सुरु गरिएको छ । यसअघि दोलखाबाट उपचारको लागि काठमाडौं गएका एक ६५ वर्षीय वृद्ध र जुम्लामा कार्यरत एक युवकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६५ वर्षी वृद्धको मृत्यु भइसकेको छ ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.