प्रतिवन्धित जडिबुटी र काठ तस्करी गर्ने समूह पक्राउ

प्रतिवन्धित जडिबुटी र काठ तस्करी गर्ने समूह पक्राउ

धादिङ : प्रतिवन्धित जडिबुटी र सालको काठको अवैध ओसार पसारमा संलग्न दुई छुट्टाछुट्टै समुहलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक रुपमा विक्री वितणरको लागि प्रतिवन्ध लगाइएको जटामसी, निरमसी, गुची च्याउ र यार्सागुम्वाको उत्तरी धादिङबाट ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा सदरमुकामबाट खटिएको प्रहरी टोलीले नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट जटिबुटी सहित ४ जनालाई पक्राउ गरेको हो ।

रुवी भ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनी ट्रकमा चेकजाँच गर्ने क्रममा बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाडीका चालक सहचालक सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ट्रक चालक धादिङ रुवी भ्याली गाउँपालिका वडा नं १ बस्ने पेम्बा तामाङ, सह–चालक सोही ठाउँका टासी तामाङ र अन्य दुई झ्यापरोङ तामाङ र ग्युर्मे नामग्याल तामाङ छन् ।

उनीहरुको साथबाट जटामसी ३१० किलो ७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम, यार्सा गुम्बा १ किलो ८ ग्राम बरामद गरिएको डिएसपी खड्काले बताए । त्यस्तै नीलकण्ठ १२ को दामगाडेबाटै अवैध रुपमा सालको काठ ल्याइरहेको समुहलाई पनि प्रहरीले पक्राउ गरेको छ । धादिङवेशी सदरमुकामतर्फ आइरहेको बा.३ ख ८७०३ नम्बरको स्वराज मिनी ट्रकमा अवैध रुपमा काटेर ल्याइएको २५ थान (३७ क्यु फिट) काठ सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नीलकण्ठ नगरपालिका वडा नं.१२ आपस्वाँरा बस्ने टिकाराम श्रेष्ठ र ट्रकमा सवार राजु श्रेष्ठ छन् । बरामद गरिएको काठ, जडिबुटीहरु र सवारी साधन सहित दुबै समुहलाई जिल्ला वन कार्यलय धादिङको जिम्मा लगाइएको छ । पक्राउ परेकाहरुलाइ कारवाही गर्न बन ऐन आकर्षित हुने भएकाले थप आवश्यक अनुसन्धान र कारवाहीको लागि डिभिजन वन कार्यलय धादिङलाई जिम्मा लगाइएको सूचना अधिकारी खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.