साथीको हत्या गर्ने पक्राउ

साथीको हत्या गर्ने पक्राउ

भक्तपुर : भक्तपुरमा आपसी झगडा हुँदा एकजनाले आफ्नै साथीको हत्या गरेका छन् ।सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई हाल भक्तपुर नपा ४ गहिटी क्षेत्रमा मजदुरी काम गर्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले आपसी विवादमा साथी कृष्ण तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार मृतक कृष्ण जडिबुटी उपनामले चिनिन्थे ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले आपसी विवाद हुँदा इन्द्रबहादुरले कृष्णको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान गहिटीस्थित सार्वजनिक पाटीमा कृष्ण मृत अवस्थामा फेला परेका थिए । अन्दाजी ४५ वर्षका कृष्णको ठेगाना खुलेको छैन । ५ फिट २ इन्च उचाइ भएका उनी गहुँगोरो वर्णका थिए । उनले निलोमा सेतो धर्सा भएको टीसर्ट, कालो पाइन्ट, सेतो रंगको मोजा लगाएका थिए ।

मृतक कृष्णको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएपछि हत्या आशंकामा प्रहरीले अनुसन्धान गर्दा इन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेको उनको भनाइ थियो । उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले अनुसन्धान गर्दा कृष्णको कर्तव्य गरी मारिएको कुरा खुल्न आएको हुँदा तत्काल कर्तव्य गरी मार्ने अभियुक्तलाई खोजतलास गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार खोजतलास गर्दै जाँदा इन्द्रबहादुर पक्राउ परेका थिए । प्रहरीसँगको बयानमा उनले कृष्णको हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।पक्राउ परेका इन्द्रबहादुरलाई भक्तपुर परिसरमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.