यसरी मनाए साँखुबासीले असार पन्ध्र (फोटोफिचर)
काठमाडौं : आज असारे पन्ध्र। यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ।
असार महिना किसानका लागि 'मानो छरेर मुरी उब्जाउने' समय भनेर चिनिन्छ। नेपालको मुख्य खाद्यान्न बाली धान हो। यसको रोपाईं पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ।उनीहरु बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन्।
असार लागेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रोपाइँ भइरहेको छ।यतिबेला काठमाडौंको साँखुका किसानलाई रोपाइँको चटारो थपिएको छ।अन्नपूर्णकर्मी दिपेन श्रेष्ठ सोमबार दिउँसो साँखु पुगेर रोपाइँका रमाइला तस्बिर आफ्नो क्यामेरामा कैद गरेका छन्।
हेर्नुहोस् साँखुबासीको असार पन्ध्र ।