राजु सदाको घटना छानविन गर्न २ नम्बर प्रदेशको विशेष समिति गठन

राजु सदाको घटना छानविन गर्न २ नम्बर प्रदेशको विशेष समिति गठन

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकास्थित क्वारेन्टाइनमै सिकिस्त बिरामी भइ मृत्यु भएका राजु सदाको मृत्यु घटना सम्बन्धमा छानविन गर्न अध्ययन विशेष समिति गठन भएको छ ।

आइतबार बसेको प्रदेश २ को प्रदेससभा बैठकमा प्रादेशिक अस्पतालमा भएको घटनालाई छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो । समितिमा प्रदेशसभा सदस्य रवीन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य छन् ।

सभामुखको निर्देशनमा रही समितिले आवश्यकता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिहरुको सहयोग लिन सक्ने जनाइएको छ । विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने र पदाधिकारीहरुसँग छलफल गर्न सक्ने समितिको कार्यविधि बनाइएको सभामुख सरोज यादवले बताए । समितिले ५ दिनभित्र आफ्नो प्रतिवेदन प्रदेशसभामा बुझाउनु पर्नेछ ।

कोरोना संक्रमण भएको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएका धनुषाको हंसपुर नगरपालिका ७ प्रसाही बस्ने १६ वर्षीय राजु सदाको मृत्यु भएको थियो । सदाको मृत्युपछि उनका परिवारजनले अनुसन्धानको माग गर्दै आन्दोलन गरेका थिए ।

भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदालाई प्रादेशिक अस्पतालमा जेठ २८ गते भर्ना गरिएको थियो । कोरोना नभइ अन्य रोगबाट ग्रसित भएका सदालाई प्रादेशिक अस्पतालमा ल्याइए पनि कोरोना शंकाकै भरमा ९ गते विहान उनको मृत्यु भएको थियो । भारतको मद्रासमा लकडाउनमा फर्किएका सदा गत जेष्ठ १४ गते फर्किएका थिए । घटनाको छानविन गर्न प्रदेश सरकारले समेत तीन सदस्यीय समिति बनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.