कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं : कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार  थप एकजनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या २९ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार  रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते राती उपचारका क्रममा मृत्यु भएको हो।उनी फोक्सोका बिरामी थिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको मन्त्रालयले जनाएको छ।

यस्तै  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १३ हजार नाघेको छ। सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोमबार १३ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार मात्र ४६३ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण भएका छन्। अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। 

अहिलेसम्म क्वारेन्टाइनमा ५७ हजार ३६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.