मालपोतका सुब्बामाथि भ्रष्टाचार मुद्दा : ७ वर्षमा ३ करोड आर्जन

मालपोतका सुब्बामाथि भ्रष्टाचार मुद्दा : ७ वर्षमा ३ करोड आर्जन

काठमाडौं : मालपोत कार्यालय सिमरा, बाराका तत्कालीन लेखापाल (सुब्बा) युगलकिशोर ठाकुरमाथि अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ । लेखापाल ठाकुरविरुद्ध ३ करोडको विगो कायम गरिएको छ ।

सहलेखापाल९खरिदार०बाट सार्वजनिक सेवामा प्रवेश गरेका ठाकुरले ८ वर्षमा ७ करोड १५ कमाइ गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । ठाकुर २०६८ माघ ९ मा कोष लेखा नियन्त्रक कार्यालय बाराबाट राजपत्र अनंकित द्धितिय श्रेणी सहलेखापाल९खरिदार०मा नियुक्त  भइ सार्वजनिक सेवा प्रवेश गरेका थिए ।

२०७२ वैशाख २२ मा लेखापाल९नायब सुब्बा० पदमा बढुवा भए । लेखापालमा बढुवा भएर उनको पदस्थापना मालपोत कार्यालय सिमरामा भयो । मालपोत कार्यालयमा उठेका राजस्व रकम ठाकुरले व्यक्तिगत खाता जम्मा गरेका अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार उनले  कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई आफू अनुकुलमा खर्च  लगानी गरेका छन् ।  लेखापात ठाकुर र  तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता नं १२३०००१९१८१० को  २०७५ भदौ ०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ ।  गुप्ताको मुद्दा अकुत सम्पत्ति, राजस्व चुहावट  लगायतका मुद्दा  विशेष अदालतमा चलिरहेका छन् ।

लेखापात ठाकुरले  ठाकुरले सार्वजनिक सेवामा प्रवेश पश्चातको अनुसन्धान जाँचअवधि २०७६ बैशाख मसान्तसम्ममा पारिश्रमिक वचत आय १० लाख ८० हजार ७०८ हुन्छ । पारिश्रमिक बाहेक  अन्य आयको दाबी र दाबी पुष्टिका कागजातसमेत उनले पेश गरी पुष्टि गर्न नसकेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदिपकुमार कोइरालाले बताए ।

जाँचअवधिमा  ठाकुरले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गाउँपालिका ५ स्थित किनं ६८ को  ७ कठ्ठा १० धुर जग्गा खरिद गरेका पनि पाइएको छ  । ठाकुरले २०७३ वैशाख ३० मा ३ लाखमा  त्यो जग्गा किनेको  पाइएको अििख्तयारले जनाएको  छ ।

 लेखापाल ठाकुर र  प्रमुख  गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं १२३०००१९१८१० को व्यक्तिगत खातामा  मौज्दात रकम २ करोड ७६ लाख ४४ लाख देखिएको छ ।  ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ११ लाख ३९ हजार मौजात रहेको पाइएको छ ।  ठाकुरको घरबाट २०७५ चैत ११ गते अख्तियारले २४ लाख ९२ हजार बरामद गरेका थियो । अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी एवं बैंक मौज्दातमा ३ करोड १५ लाख ७५ हजार खर्च तथा लगानी गरेको पाइएको छ।

ठाकुरले सार्वजनिक सेवाको पदमा प्रवेश देखि २०७६ वैशाख मसान्तसम्मको जाँच अवधिमा ३ करोड १५ लाख ७५ हजार  बराबरको सम्पति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ ।  आयभन्दा बढी गरेको खर्च लगानीको स्रोत खुल्न नआई  ३ करोड ४ लाख ९४ हजार  बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको  भेटिएको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए ।  उनीविरुद्ध २ वर्षसम्मको कैद सजायको माग दाबी गरिएको छ ।

गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको साथबाट बरामद नगद ,  व्यक्तिगत संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित  मौज्दात रकम रुसमेत भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन  बमोजिम जफत गर्न  सहित ठाकुरविरुद्ध  विशेष अदालत, काठमाडौंमा आरोप९पत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.