महामारीको खराब अवस्था आउन अझै बाँकी छ : डब्लुएचओ

महामारीको खराब अवस्था आउन अझै बाँकी छ : डब्लुएचओ

कोरोना भाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सरकारहरूले सही नीति लागु गर्न नथाल्ने हो भने भाइरसको संक्रमण अझै धेरै मानिसहरूमा देखिने बताए। उनले भने, 'मेरो सन्देश उही नै हो 'परीक्षण, पहिचान, आइसोलेशन र क्वारेन्टाइन ।'

चीनमा गत वर्ष भाइरस देखा परेयता विश्वभरि एक करोडभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ। त्यसबाट ज्यान गुमाउने बिरामीको संख्या पाँच लाख नाघेको छ। विश्वभरि संक्रमित कुल मानिसको आधा संख्या अमेरिका र युरोपमा छ। अमेरिकी देशहरूमा संक्रमण बढ्दो देखिन्छ।

कोरोना भाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ, जहाँ जुलाई महिनामा संक्रमण उच्च विन्दुमा पुग्ने ठानिएको छ। डा. टेड्रोसले सोमबार भिडिओ सन्देशमा भनेका छन्, 'हामी सबैले यो अन्त्य होस् भन्ने चाहन्छौँ।  हामी सबै आफ्नो नियमित जीवनमा फर्किन चाहन्छौँ। तर अप्रिय वास्तविकता के हो भने हामी यो अन्त्य हुने अवस्था नजिक पनि पुगेका छैनौँ।' उनका भनाइमा कैयौँ देशहरूले त्यसको नियन्त्रणमा राम्रो प्रगति गरे पनि विश्वव्यापी रूपमा महामारी फैलिने गति बढी रहेकै छ।

उनले भने, 'एक करोड संक्रमित र पाँच लाखको मृत्यु हुँदा पनि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यवद्धताको अभाव र विभाजित विश्व जस्ता डब्ल्यूएचओले पहिचान गरेका समस्याले वास्तावमा भाइरसको संक्रमण विस्तारमा सहयोग पुर्याइरहेका छन्, जसको सम्बोधन नगर्दासम्म खराब अवस्था आउन अझै बाँकी छ।' 'त्यसो भन्दा मलाई दुस्ख लागेको छ तर यस्तो अवस्था र वातावरणका कारण हामीलाई खराब स्थितिको डर भएको हो।'

उनले जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण दिँदै उनीहरूले चालेका कदम पछ्याउन अन्य सरकारहरूलाई आग्रह गरे। ती देशहरूले व्यापक रूपमा परीक्षण र संक्रमितको पहिचान जस्ता उपाय अपनाएर प्रकोपलाई नियन्त्रणमा राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.