कोरनाबाट धेरै क्षति बेर्होने अमेरिका : नेपाली समुदायमा कस्तो प्रभाव ?

कोरनाबाट धेरै क्षति बेर्होने अमेरिका :  नेपाली समुदायमा कस्तो प्रभाव ?

अमेरिका : कोरोना कहरका कारण सबैभन्दा प्रताडित देश हो, अमेरिका । जहाँ धेरै मानविय क्षति भएको छ । जोन हप्किन्स विश्व बिद्यालयले दिएको पछिल्लो तथ्याङक अनुसार अमेरिकामा २५ लाख ९८ हजार भन्दा धेरै मानिस संक्रमित छन्, भने १ लाख २७ हजार ८ सय ४२ जना मानिसको मृत्यु भई सकेको छ ।

यसरी पछिल्लो दुई महिना देखी लगातार मानविय क्षतिबेर्होने देशमा अमेरिका अग्रस्थानमा छ । विश्वकै बिकसित र सम्पन्न मुलुक भएपनि शुरुवाती दिनमा यहाँका नागरिकले सिटोमोल समेत नपाउने अवस्थाको सृजना भयो भने बिरामीले तत्काल अस्पतालमा बेड समेत पाएनन् । शुरुका दुई महिना कोभिड १९ रोग लाग्ने भन्दा पनि बढी मानिसहरुमा त्रास थियो ।

मरेका लाश ट्रकमा थुपारियो र पालैपालो चिहानमा गाड्ने अवस्था आयो । कल्पनानै नगरेको रोगसंग लड्दै अमेरिकाले पछिल्ला दिनहरुमा आफुलाई जोखिम कम गर्न प्रयासरत छ । यद्यपी संक्रमितहरुको संख्यामा पछिल्लो दुई साता बढ्दो छ । अमेरिकामा यती धेरै संक्रमण कसरी फैलियो भन्ने आम मानिसले फरक फरक आँकलन गरिरहेका छन् ।

तर यसको प्रमुख कारण समयमै अन्तर्राष्ट्रिय उडानहरु बन्द नगर्दाको परिणाम अमेरिकाले भोग्नुपरेको हो । केन्द्रिय सरकार अर्थात राष्ट्रपति डोनाल्ड ट्रम्पको हठका कारणले उडानहरु समयमै बन्द गरिएनन्, फलस्वरुप अमेरिका मानविय क्षतिबेर्होने देशहरुमा आज पनि अग्रस्थानमै छ । त्यो संगै संक्रमण तिव्रस्तरमा फैलिएसंगै यहाँ लकडाउनमा कडाई गर्दै गरिएन्, भन्दा पनि हुन्छ । सरकारले लकडाउन घोषणा मात्रै गर्यो, अनुगमन र कडाई गरेन् ।

शुरुवातको पहिलो महिना बिरामीको चापका कारण सरकार र सरकारका संयन्त्र अन्यौलमा रहेको भएपनि रोग फैलिँदै गएपछि सरकारले नागरिकको सुरक्षाका लागि गरेको प्रयासहरु भने प्रशंसनिय छन् । नागरिकले राज्य हुनुको अनुभूति गहिरो गरी गरिरहेका छन् । राज्य सरकारका प्रतिनिधि, गर्भनर देखी राष्ट्रपति सम्मले दैनिकजसो प्रेस ब्रिफिङ गरेर नागरिकलाई आश्वस्त पारिरहेका छन् ।

आर्थिक संकट झेलिरहेका नागरिकलाई राहत प्रदान गर्न केन्द्रिय सरकार तथा राज्य सरकारहरुले प्रशंसनिय उदाहरण पेश गरिरेहका छन् । हरेक नागरिकलाई खान तथा बस्न कुनै समस्या नहोस भन्ने हेतुले सरकार आफैले खाना बिरतण गर्ने देखी र घर बहालमा बस्नेलाई घरभेटीले ननिकालुन भनेर छुट्टै कानुनी घोषणा समेत जारी गरेको अवस्था छ । भने बेरोजगारी भत्ता वापत प्रत्येक करदाताले साप्ताहिक ७ सय देखी ११ सय अमेरिकी डलर प्राप्त गरिरहेका छन् । यस्तै एकमुष्ठ प्रत्येक करदातालाई केन्द्रिय सरकारले शुरुवातकै दिनमा १२ सय अमेरिकी डलर प्रदान गरेको थियो । आयकर तिर्ने मिति जुलाई ३१ तारिख सम्म लम्ब्याइएको छ ।

अहिले साना व्यवसायीलाई ऋण प्रदान गर्नेदेखी प्रत्येक नागरिकलाई सुरक्षित र आर्थिक रुपमा सबल बनाउनका लागि प्रयासरत रहेको देखिन्छ । साना व्यवसायीलाई एक लाख अमेरिकी डलर सम्म मिनाहा हुन सक्ने ऋण प्रदान गरिहरेको छ ।

लकडाउन लकडाउन जस्तो देखिएन्

मार्च महिनाको दो श्रो सातादेखी अमेरिकामा लकडाउन शुरु भएको थियो । लकडाउन आज सम्म पनि जारी छ । पूर्णरुपमा खुल्न अझै केही समय कुर्नुपर्ने देखिन्छ । नागरिकले लकडाउनलाई सहज पालना गर्छन भन्ने मनशायले सरकारले कडाई गरेन तर मानिसहरुले त्यसलाई पूर्णरुपमा पालना गरेनन् । जसका कारणले हाल सम्म मानिसहरुमा संक्रमण बढ्दो छ । पछिल्ला दिनमा टेक्सास जस्ता केही राज्यहरुमा यो रोग फैलिँदो क्रममा छ ।

पहिलो एक महिना मानिसमा त्रास बढ्ता थियो । धेरै जसो मानिस घरबाट बाहिर निस्किएनन् तर अधिकाशं मानिसहरु संक्रमणको पहिलो महिना बित्न नपाउँदै छाडा भएर बाटोमा निस्किए । सरकारले अत्यावश्यक बाहेकका पसल, उद्योग, कलकारखाना बन्द गर्नु भनेर घोषणा गरेको भएपनि अधिकाशं पसलहरु खुल्ला जस्ता देखिन्थे । मानिसहरु बाटोमा मास्क लगाएर हिँडिरहेका देखिन्थे ।

ठूलठूला सहरहरुमा बस ट्रेन जस्ता सार्वजनिक यातायात चलिरहे । रोग चरम उत्कर्षमा पुगेका बेला न्यूयोर्क जस्ता ठूला सहरमा मानिसहरु खुलेआम हिँडिरहे । यस्तै सार्वजनिक यातायातहरुमा निर्वाध चलिरहे भने नीजि सवारी सधानहरुमा मानिसहरु ओहोर दोहोर गरिरहे । त्यसैको परिणामले हुन सक्छ आज पनि यहाँ संक्रमण बढ्दो देखिन्छ ।

नेपाली समुदायमा रोगको प्रभाव र असर

कोरोना भाइरस झ्याप्पै फैलिएपछि नेपाली समुदाय शुरुवाती दिनमा त्रासित थियो । अधिकाशं औषधी पसलहरुमा सिटामोल, थर्मोमिटर, मास्क, पञ्जा जस्ता अत्यावश्यक सामाग्रीको अभाव हुँदा नेपाली समुदाय अतालिएको थियो । यहाँ रहेका संघ सस्था तथा सामाजिक व्यक्तिहरु समेत कसरी सहयोगलाई शुरुवात गर्ने भन्नेमा अन्यौलमा थिए ।

अमेरिकामा रोग फैलिएको केही समयमै नेपाली समुदायले एक जना अनिल लिब्बुलाई गुमाउनु पर्यो । यो दुखद घटनाले नेपाली समुदायलाई थप आहात तुल्यायो । अमेरिकाका सबै राज्यमा नेपालीहरुको बसोबास रहेको पाइन्छ । न्यूयोर्क, न्यूजर्सी, मेरिल्याण्ड, क्यालिर्फोनिया जस्ता राज्यहरुमा नेपालीहरुको बस्ती बाक्लो छ । जहाँ हजारौंको संख्यामा नेपालीहरु बस्दछन् । यस्ता राज्यहरुमा रोग फैलिँदै गएपछि नेपालीहरु समुह बनाएर सहयोग गर्न शुरुवात गरे ।

एनआरएन लगायत यहाँ कार्यरत राजनीतिक तथा अन्य सामाजिक संघ सस्थाहरुले अशक्क्त, बिरामी, सवारी साधन नहुनेहरुका लागि औषधीजन्य सामाग्रीका साथ साथमा दैनिक उपभोग गर्ने खाद्य सामाग्री समेत घरघरमा पुराउने काम गरे । एउटा नेपालीलाई अप्ठ्यारो पर्दा अर्को नेपालीले सहयोग गर्दछ भन्ने उदाहरण यहाँ कार्यरत संघ सस्थाका प्रतिनिधि तथा सामाजिक अभियान्ताहरुले प्रस्तुत गरे । जटिल परिस्थितिमा यो उदाहरणिय कार्य थियो । अहिले पनि राजनीतिक तथा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले अध्ययनका लागि अमेरिका आएका बिद्यार्थीहरुलाई सहयोग गरिरहेका छन् । जिल्ला तथा क्षेत्रगत हिसाबमा बनेका संघ संस्थाहरु यो महामारीका बेला काम लागे ।

अमेरिकाको सबै भन्दा बढ्दा प्रभावित राज्य न्यूयोर्कमा सयौंको संख्यामा नेपालीहरु बिरामी परे । हाल सम्म अमेरिकाभर १५ जना गैरआवासीय नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ । यहाँ कार्यरत संघ सस्थाका प्रतिनिधिहरुको भनाईलाई आधार मान्ने हो भने हाल सम्म करिव दुई हजार नेपाली कोरोना रोगका कारण बिरामी परेका थिए । बढी प्रभावित राज्य न्यूयोर्कमा नेपालीहरु एउटै कोठा तथा अपार्टमेन्ट सेयर गरेर बस्ने भएकाले पनि धेरै नेपालीहरु प्रभावित भएको हुनुपर्दछ ।

एनआरएनए अमेरिकाका अध्यक्ष शुनिल साह भन्छन्, हामीले ठूलो संकटका बेला हातमा हात मिलाएर नेपाली समुदायलाई सुरक्षित राख्ने प्रयास गर्यौं । साहले अमेरिकामा रहेका सबै संघ सस्थाको महत्वपूर्ण भूमिका र सहकार्यले मात्रै धेरै नेपालीहरुलाई यो रोगबाट प्रभावित हुनबाट धेरै हदसम्म जोगाउन सकिएको बताए ।

संक्रमण बढी रहेका बेला नेपालीहरुले सामाजिक सञ्जालमा समुहनै बनाएर सुचना समेत दिईरहेका देखिन्थे । अप्रिल र मे महिना अमेरिकामा रहेका नेपालीहरुका लागि पनि धेरै नै असहज महिना थियो । जति बेला दैनिक हजारौंको संख्यामा बिरामी थपिने र सयौंको संख्यामा मृत्यु हुने गर्दथ्यो ।

अमेरिकामा रहेका नेपालीहरुले सरकारको प्रतिनिधित्व गर्ने राजदूतावास र राजदूतबाट सहयोग भने पाएनन् । राजदूतावास नेपालीहरुको सहयोगका लागि केही फोन बैठक गर्ने गरेको भएपनि शुरुवातका दिनमा औषधीजन्य सामाग्री खोज्न तथा मानिसहरुलाई भावनात्मक रुपमा आश्वस्त पार्ने काम राजदूतावासले गरेन् ।

अमेरिकामा रहेका सबै नेपालीहरुको सामुहिक हातेमालोकै कारण अहिले न्यून संख्यामा नेपालीहरु बिरामी पर्ने गरेका खबरहरु एकाधमात्रै सुन्न पाइन्छ । सामाजिक दुरी कायम गर्दै यो रोगसंग अभ्यस्त हुनुपर्ने अवस्थाकै कारण अधिकाशं मानिसहरु काममा फर्किने तयारी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.