'पर्यटन र पुरातत्व विभागबीच नीतिगत समन्वयको खाँचो'

'पर्यटन र पुरातत्व विभागबीच नीतिगत समन्वयको खाँचो'

जोमसोम : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभाग र पुरातत्व विभागबीच कार्यसम्पादनमा नीतिगत समन्वयकारी भूमिका नहुँदा धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र विकासमा समस्या र चुनौति बढेको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन् । सोमबार अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद तुलाचनले यस्तो धारणा राखेका हुन् ।

समिति बैठकमा सांसद तुलाचनले नेपालका ऐतिहासिक तथा धार्मिक सम्पदा संरक्षण र विकास गर्ने दायित्व नेपाल सरकारले लिएको उल्लेख गर्दै उनले एउटै मन्त्रालयका २ फरक विभागबीच आपसमा क्षेत्रधिकार तय नहुँदा कार्यान्वयन पक्षमा चुनौति थपिएको बताए । उनले धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षण र विकास गर्न दुबै विभागले मास्टर प्लान बनाएर अघि बढ्नु पर्ने समितिलाई सुझाए । पर्यटन र पुरातत्वले के काम कसले र कहाँ गर्ने विषय पूर्व तयारी हुनु पर्ने बैठकमा जनाए ।

धर्मिक तथा सांस्कृति धरोहरण जोगाउन तथा यसको संरक्षण र विकासमा बजेट विनियोजन भएअनुसार दुई विभागको टसलले ४० प्रतिशत पनि काम हुन नसकेको उल्लेख गरेका छन् । सांसद तुलाचनले पूननिर्माणको क्षेत्राधिकार तथा नीतिगत सहमति भएको खण्डमा मात्र दुबै विभागबाट अघि बढाएको कामले पूर्णता पाउने उनले जनाए । पूरातत्वले अघि बढाएका पून निर्माणका काममा पर्याप्त जनशक्ति अभाव रहेकाले कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसकेको सांसद तुलाचनको भनाइ छ । उनले पूरातत्व विभागका पूननिर्माण तथा विकासका काम सशक्त रुपमा अघि बढाउन ७ वटै प्रदेशमा  शाखा विस्तार गरिनु पर्ने धारणा राखे । बजेटको खाका तयार हुँदा अरबौंको प्रस्ताव गरिने भए पनि यसको कार्यान्वय पक्ष फितलो हुने गरेको उनले समितिमा सुनाए । पर्यटनसँग सम्वन्ध दुबै विभागले लाखौं खर्च गरेर डिपिआर किताब सार्वजनिक गरे पनि सो अनुसारको काम नभएको बताए ।

सांसद तुलाचनले पर्यटन विभागले मुक्तिनाथको बृहत्तर विकास गुरुयोजना अन्तर्गत ५ करोड बजेट विनियोजन गरेपनि २ वर्षमा २ करोडको पनि कामअघि बढ्न नसकेको स्पष्ट पारे । सरकारले धार्मिक तथा सांस्कृति सम्पदाको विकासको कामलाई गम्भीर भएर अघि बढाउनु पर्नेतर्फ जोड दिए ।

यता संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पर्यटन विभागले आर्थिक वर्ष २०७६ मा मुक्तिनाथ बृहत्तर विकास गुरुयोजना निर्माणको काम अघि बढाएको हो । धार्मिक सम्पदाको संरक्षणबाहेक मन्दिर भित्रको भौतिक सम्पदा संरक्षण  स्तरोन्नति र पुननिर्माणका लागि पर्यटन विभागले गुरुयोजना निर्माणको कामअघि बढाएको विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनले गुरुयोजनाका लागि ५ करोड बजेट नभइ २ करोड बजेट विनियोजन भएको स्पष्ट पारे । उनका अनुसार बृहत्तर विकास गुरुयोजना अन्तरगत मुक्तिनाथ छेउको २ वटा आनी क्वाटर भवनको एकतला सम्पन्न भएको र मन्दिर परिसरको क्षेत्रफल वृद्धि गर्ने काम अघि बढेको बताए । यस्तै कागबेनीमा श्राद्धस्थल संरक्षणका लागि तटबन्ध निर्माणको एक चरणको काम पूरा भएको जनाए । 

उनले गुरुयोजना अन्तर्गत मन्दिर परिसर भित्रका दर्जनौं पूर्वाधार निर्माणमा गुरुयोजनाले समेट्ने गरी डिपिआर भएको उल्लेख गरे । इन्जिनियर यादवका अनुसार विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड—१९) ले सिर्जित लक डाउन तथा स्थानीयमा कोरोना त्रास बढेकाले गुरुयोजनाको काम रोकिएको जानकारी दिए ।यस्तै पर्यटन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले २ वर्षअघि २०७२ सालको महाभूकम्पले चिरा परेको जीर्ण मुक्तिनाथ मन्दिरको पूननिर्माण गरेको थियो । पूननिर्माणका लागि १ करोड ४५ लाख बजेट विनियोजन भएको थियो । त्यसपछि मुक्तिनाथ मन्दिरसँगै जोडिएको होम गर्ने र बत्ती बाल्ने घरको स्तरोन्नति गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.