मुस्ताङमा ८३ वर्षीय वृद्धले जिते कोरोना

मुस्ताङमा ८३ वर्षीय वृद्धले जिते कोरोना

जोमसोम : काठमाडौंदेखि मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरो तिब्बती शरणार्थी शिवरमा आएका एक ८३ वर्षीय वृद्धले कोरोना मुक्तभइ जितेर मंगलबार घर फर्किएका छन् । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पुनः दोश्रो पटक गराइएको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि प्रदेश जनस्वास्थ्यले उनलाई कोरोना मुक्त रहेको घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

यसअघि काठमाडौंबाट छैरो शरणार्थी शिविरका २३ जनाको समूहसहित असार ३२ गते बसमा चढेर मुस्ताङ आउने क्रममा ८३ वर्षीय वृद्धलाई मुस्ताङ र म्याग्दीको सीमानाकामा कारोना परीक्षण-आरडीटी चेकजाँच गर्ने गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । 

तर बसमा सवार सबैको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो । उक्त बसमा सवार व्यक्तिमा उनका छोरी ज्वाइँ समेत थिए । ८३ वर्षीय वृद्धलाई मुस्ताङ भित्र्याउने क्रममा आरडीटी पोजिटिभ आएपछि उनीसँगै उनको सुसार रेखदेखका लागि ज्वाइँलाई पनि जोमसोम अस्पताल आइसोलेनमा राखिएको थियो । 

सीमानाकामा आरडीटी पोजिटिभ देखिएका शरणार्थी शिवरका व्यक्ति र बसका चालक÷सहचालक लगायतलाई घरमै १४ दिन होमक्वारेन्टाइनमा बस्न लगाइएको थियो। मुस्ताङको जोमसोम आइपुगेका ८३ वर्षीय वृद्ध र उनीसँगै बसेका ज्वाइँको नमूना स्वाब संकलन गरी असार २ गते पोखरा पठाइएकोमा असार ७ गते ८३ वर्षीय वृद्धको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो भने उनको ज्वाइँको भने नेगेटिभ आएको थियो । 

मुस्ताङमा गण्डकी प्रदेशकै ११ औं नम्बरमा कोरोना संक्रमित पुष्टि भएसँगै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति ( सीसीएमस) ले तत्काल छैरो शरणार्थी शिविरलाई सिल गरेको थियो। त्यसपछि कोरोना जितेका वृद्ध बस्ने बसका सवार सबैजनाको कन्ट्याक ट्रेसिङ तथा ट्राभल स्टोरी लिने काम भएको जिल्ला स्वास्थ्य कार्यालय जनायो ।

त्यसपछि असार १० गते संक्रमण पुष्टि भएका ८३ वर्षीय वृद्धसँगै बसमा सवार सबैजनाको स्वाब नमूना पोखरा पठाइएकोमा मंगलबार वृद्धसँगै सबैको रिपोर्ट नेगेटिभ आएको हो ।  यसक्रममा कन्ट्याक ट्रेसिङ गर्दा यसअघि कोरोना पुष्टि भएका वृद्धका ज्वाइँ भारतमा पढ्दै गरेकी छोरी त्यहाँ गएको बताइएको छ ।

बाँकी सबै काठमाडौं जोरपाटीस्थित शरणार्थी शिविर तथा केही भाडामा बस्दै आएको बुझिएको छ ।मंगलबार यसअघि कोरोना पुष्टि भएका ८३ वर्षीय वृद्ध नेपालकै पहिलो जेष्ठ कोरोना संक्रमित व्यक्ति भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । 

मंगलबार संक्रमण पुष्टि भएका ८३ वर्षीय वृद्ध कोरोनामुक्त भएको प्रमाणित गरेपछि जिल्ला सीसीएमसी ,स्थानीय सीसीएमसी लगायतको टोलीले खादा र फूल उपहार दिएर स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेको छ ।बिदाइ कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सुरक्षा निकायलगायत विदाइ गरेको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले बताए ।

आजै उनको अस्पताल आइसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए । योसँगै एक/एक जना कोरोना संक्रमित रहेको मनाङ र मुस्ताङ जिल्ला पुन: कोरोना मुक्त भएका छन् । सोमबार मनाङका एकजना कर्मचारी कोरोनामुक्त भएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.