वडा अध्यक्ष आक्रमणको जिम्मा विप्लवले लियो

वडा अध्यक्ष आक्रमणको जिम्मा विप्लवले लियो

दाङ : दाङको शान्तिनगर गाउँपालिकाका २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै मंगलबार भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।  नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आक्रमणको जिम्मा लिएका हुन्। वडा अध्यक्ष डाँगीलाई विभिन्न सातवटा आरोप लगाउँदै जनताको मागअनुसार पहिलो चरणको सामाजिक कारवाही गरिएको सिंहले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

विभिन्न व्यक्तिलाई कुटपीट गरेको, गुण्डागर्दी गरेर समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

थप उपचाका लगि काठमाडौं लैजाने तयारी

अज्ञात समूहको आक्रमणबाट घाइते भएका वडा अध्यक्षलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। मंगलबार बिहान साढे ११ बजे वडा शान्तिनगर गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै ५/७ जनाको समूह आएर रड र लाठी प्रहार गरी गम्भीर घाइते बनाएको थियो। उनको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो। तर थप उपचारका बाहिर लैजानुपर्ने भएकाले काठमाडौं लैजाने तयारी भएको गाउँपालिकका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए । उनको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको बताए । उनले वडा अध्यक्षलाई आक्रमण गर्नेहरुको खोजी तीव्र पारिएको बताए । प्रवक्ता खड्काले घटना स्थलमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएकाले आक्रमण उनीहरुबाट भएको हुनसक्ने बताए।[


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.