इन्जिनियर शाक्यविरुद्ध ११ करोडको मुद्दा

इन्जिनियर शाक्यविरुद्ध ११ करोडको मुद्दा

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानी पोखरीका सिनियर डिभिजन इन्जिनियर (सिडिइ) राजकुमार शाक्यविरुद्ध पौने ११ करोड बिगो कायम गर्दै गैरकानुनी (अकुत) सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ। गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट उनले श्रीमतीको नाममा जग्गा, घर, गाडी खरिद गरेको पाइएको छ।

त्यसैगरी नाताले भान्जी पर्नेको नाममा समेत शाक्यले जग्गा खरिद गरेको भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाक्यकी श्रीमती अल्का र भान्जी नाताकी प्रभा शाक्यसमेतलाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। सेवामा रहँदा उनले १२ करोड ३९ लाख २४ हजार रुपैयाँ कमाएको पाइएको अख्तियारले जनाएको छ। २०७६ फाल्गुण मसान्तसम्मको अवधिमा शाक्यले कमाएको एक करोड ६१ लाख ७३ हजार रुपैयाँको सम्पत्ति मात्रै वैध देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

१० करोड ७७ लाख ५० हजार अवैध सम्पत्ति पाइएको उनले बताए। शाक्य २०४९ जेठ २ मा जिल्ला खानेपानी कार्यालय कञ्चनपुरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०६४ माघ १ देखि इन्जिनियर र २०७२ कार्तिक १० देखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए। शाक्य निजामती सेवामा प्रवेश गरे पछि खानेपानी तथा ढल व्यवस्थापन अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदै विभिन्न आयोजना प्रमुखको जिम्मेवारीमा समेत रहे।

उनले कमिसन बिना काम नगरेको, आर्थिक वर्ष ०७५÷०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेकेदारसँग करिब ५० लाख खातामा राख्न लगाएर बील भुक्तानी गरेको, स्रोत नखुलेको सम्पत्ति आर्जन गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा शाक्यले आफू र परिवारको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थामा मुद्दती निक्षेपमा अवैध रकम राखेको, उक्त मुद्दती निक्षेप परिपक्व नहुँदै सोही निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिलाई लगानी गरेको पाइएको छ।

उनले भान्जी प्रभाको नाममा ललितपुर उपमहानगरपालिका १३ (साविक वडा नं ४) स्थित कित्ता नंम्बर ६५६ को ४ आना २ दाम जग्गा लुकाएको पाइएको छ। आयोगमा संक्षिप्त सम्पत्ति विवरण बुझाएकै दिन २०७६ माघ १२ मा श्रीमती अल्काको नाममा रहेको यो जग्गाको स्वामित्व प्रभा शाक्यको नाममा परिवर्तन गरेको पाइएको अख्तियारले जनाएको छ। गैर कानुनी ढंगबाट सम्पत्ति जोडेका शाक्यविरुद्ध दुई वर्ष कैद तथा विगो जफतको माग गरिएको छ। विगो बमोजिमको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ श्रीमती अल्का र भान्जी नाताकी प्रभालाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।


करोडपति विद्युत्का फोरमेन

नेपाल बिद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त टहलबहादुर कार्कीले पनि अकुत सम्पत्ति आर्जन गरेका तथ्य खुलेको छ। अख्तियारले उनीविरुद्ध एक करोड नौं लाख ८७ हजार विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवामा रहँदा कार्कीले दुई करोड १२ लाख ४८ हजार आय आर्जन गरेका अनुसन्धानबाट खुलेको छ। उनले तीन करोड २२ लाख ३६ हजार खर्च तथा लगानी गरेको देखिएको छ। कुल आय आर्जन दुई करोड १२ लाख ४८ हजारबाट कुल खर्च तथा लगानी तीन करोड २२ लाख ३६ हजार घटाउँदा एक करोड नौं लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएकाले कार्कीविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए। २०३९ मंसिर १६ मा सार्वजनिक सेवा प्रवेश गरेका कार्कीले २०७३ पुस १ मा अवकाश लिएका कार्की विरुद्ध दुई वर्षसम्मको कैद सजाय र विगो जफतको माग दाबीसहित मुद्दा दायर गरिएको छ।

वकपत्र फेर्ने शाहीविरुद्ध मुद्दा

अख्तियारले घुस लिएको उजुरी दिएका बाँके कोहलपुरका कमलबहादुर शाहीविरुद्ध अख्तियारले नै मुद्दा दायर गरेको छ। तत्कालीन डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेत र डिभिजन वन कार्यालय वावियाचौर, सुर्खेतका प्रमुख डिभिजन वन अधिकृत भक्तबहादुर लामाले चार लाख घुस मागेका भन्दै शाहीले अख्तियारमा उजुरी दिएका थिए। वकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानको क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेपछि उनी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। वन अधिकृत लामाले काठ र दाउराको छोडपुर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि घुस लिएको भन्दै उनले अख्तियारलाई उजुरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.