काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित
काठमाडौं : उपत्यकामा थप १७ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।
नयाँ संक्रमितमा काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका १ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुष मा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।मंगलबार मात्र काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो।
बुधबारसम्म ४ हजार ६५६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। बुधबार मात्रै थप ४८३ जना संक्रमित थपिएका हुन्।