त्रीशूलीमा जीप खसेको आशंका, प्रहरी र उद्दारकर्मी घटनास्थलमा
धादिङ : पृथ्बी राजमार्गअन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोला नजिकैबाट त्रीशूली नदीमा गाडी खसेको आशंका गरिएको छ। मुग्लिङ्बाट काठमाडौंतर्फ जाँदै गरेको सानो खाले गाडी 'जीप' खसेको स्थानीयले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेका छन्।
जवाङखोलाकै एक स्थानीय महिलाले गाडी खसेको कुरा बताएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख नेत्र भट्टले बताए। उनले भने, 'स्थानीयको सूचनाको आधारमा हामी घटनास्थलमा अनुसन्धान गरिरहेका छौं, दुर्घटना भएको भनिएको ठाउँमा खसेको पुष्टि हुने बलियो र ठोकुवा गर्न सक्ने प्रमाण छैन, खसेको भनिएको ठाउँबाट त्रीशूली सोझै पर्ने भएकाले गाडी त्रीशूलीमा बेपत्ता भएको पनि हुनसक्ने भट्टले बताए।
गाडि खसेको देख्ने महिलाको बारेमा प्रहरीले सबै विवरण खुलाएको छैन ।'उहाँ हामीसँगै हुनुहुन्छ भट्टले भने, 'उहाँले दिएको विवरणअनुसार अनुसन्धान र खोज तलास गरिरहेका छौं।' गाडि खसेको भनिएको ठाउँमा तत्काल शस्त्रका प्रहरीका जल उद्दारकर्मी परिचालन गरिएको भएपनि केही पत्ता लागेको छैन। घटनास्थलतर्फ धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पनि गएका छन्।