चट्याङ लागेर एकको मुत्यु, दुई घाइते
मलंगवा : सर्लाहीमा बिहीबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। चट्याङ लागेर बागमती नगरपालिका वडा नं. १० का १८ वर्षीय छोटु पासवानको मृत्यु भएको हो।
सोही वडाकी कमला देवी मुखिया घाइते भएकी छिन्। वडा नं. ८ की सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको अवस्थामा पासवान र मुखियालाई चटयाङ लागेको थियो। चटयाङबाट घाइते बनेका दुबैजनालाई उपचारका लागि बरहथवा लैजाँदै गर्दा पासवानको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुवँरले जानकारी दिए। पासवानको अवस्था समान्य रहेको कुवँरले बताए।
त्यस्तै पश्चिमी क्षेत्रमा पर्ने बलरा नगरपालिका १ का ३५ वर्षीय बरुण सहनी पनि चट्याङ लागेर घाइते बनेका छन्। सहनीलाई उपचारका लागि भारतको सीतामढीतर्फ लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४