प्रस्तावित निजामति विधेयकको विरोधमा नवलपरासीका कर्मचारी
![प्रस्तावित निजामति विधेयकको विरोधमा नवलपरासीका कर्मचारी](https://annapurnapost.prixacdn.net/media/albums/trade-p_20200702080351_ZKrivwGtr3.jpg)
परासी : प्रस्तावित संघीय निजामति विधेयकविरुद्ध पश्चिम नवलपरासीका कर्मचारी विरोधमा उत्रिएका छन्। प्रस्तावित विधेयकले सम्पूर्ण निजामति कर्मचारी संयन्त्रलाई ध्वस्त बनाउने भन्दै निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला समितिले बिहीबार प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्।
जिल्ला अध्यक्ष अमजद अलि अंसारी र सहसचिव नरेश कोहाँरको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेका कर्मचारीले संविधान र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धिविरुद्ध विधेयक ल्याउन खोजिएकोले खारेज गर्न माग गरेका हुन्। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाउँमा जबरजस्ती पारित गरेको भन्दै कर्मचारीले उक्त प्रस्तावित विधेयकका १६ बुँदामा असहमित जनाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)